0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेस पोखरा उप–महानगरपालिका वडा नं. ६ इकाइ समितिको क्रियाशील सदस्यहरुको भेला सम्पन्न भएको छ । पार्टीका वडा सभापति दीपकबीर कुँवरको सभापतित्वमा सम्पन्न भेलामा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय आमन्त्रित सदस्य दीपकवीर कुँबरले संगठन बलियो भएमात्र नेता कार्यकर्ताहरु बलियो हुने स्पष्ट पार्दैै कमजोर संगठनको बलियो नेता हुनुभन्दा बलियो संगठनको कार्यकर्ता हुनु राम्रो हुने बताए । 
कार्यक्रममा संवाद नेपालका अध्यक्ष नीलकण्ठ शर्मा, वडा कार्यालयका जग्गादाता होमबहादुर लामिछाने, कार्यालय कोठा निःशुल्क उपलव्ध गराउने विष्णु आचार्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रजातन्त्रका सेनानी शोभियतबहादुर कुँवर र पार्टीका क्रियाशील सदस्यहरु बलराम गिरी, सत्यदेवी आचार्य र राजु अधिकारी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । भेलामा रामजी कुँवर, लक्ष्मीबहादुर भट्टराई, नेत्रपाणि न्यौपाने, दीपकवीर कुँवर, हरिबहादुर परियार,लक्ष्मण पहारी, सत्यदेवी आचार्य, शुभद्रादेवी रेग्मी आचार्य र मन्दरा ढकालले वडाबाट क्षेत्रीय प्रतिनिधि बन्न चाहना गरेका थिए भने वडा सभापतिमा लोकराज पहारी, बलराम गिरी र खिमलाल पहारीले चाहना गरेका थिए ।



















Post a Comment

 
Top