0
व्याट्रीबाट चल्ने साईकल निर्माण गरेर चर्चित बनेका विराज भण्डारीलाई कोलपाटन आमा समूहले सम्मान गरेको छ । पोखरा १५ स्थित आमा समूहको भवनमा बुधबार आयोजित कार्यक्रममा भण्डारीलाई दोशल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघ नेपालका केन्द्रिय सदस्य शुष्मा पौडेलले भण्डारीलाई सम्मान गरिन्। कार्यक्रममा बोल्दै पौडेलले पढेका र जानेका कुराहरु व्यवहारमा उतार्नुपर्ने बताइन । सम्मानित व्यक्ति भण्डारीले देशमा श्रृजित परिस्थितिको सामना गर्न आँफूले साईकल निर्माण गरेको बताए । अब आफूले अपांगमैत्री साईकल समेत निर्माण गर्ने योजना रहेको उनले बताए । सोही अवसरमा फिलिपिन्सबाट रेडियोलोजीमा एम डि सकेर नेपाल आएका पोखरा १५ कै डा. नवराज पौडेललाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा वडा समन्वय समिति १५ का अध्यक्ष प्रकाश पौडेल, थ्रि एन्जल्स रेडियोका स्टेशन म्यानेजर गणेश कुमार श्रेष्ठ, वडा कार्यालय १५ का सचिव सोमनाथ लम्साल लगायतले बोलेका थिए। आमा समूहका अध्यक्ष पार्वती पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष विष्णु पौडेल, सचिव सावित्री पौडेलले पनि बोलेका थिए ।



Post a Comment

 
Top