0
गोल्डेन न्यूज संवाददाता
थ्रि एन्जल्स नेपालको सहयोगमा जेल जीवन विताएर जेलमुक्त भएका नरेन्द्र गुरुङको संयोजकत्वमा स्याङ्जा स्थित जिल्ला कारागारमा ४९ थान न्यानो कम्बल वितरण गरिएको छ । कार्यक्रममा स्याङ्जा चिलाउने बास वडा नं. ३ मडुवाका गुरुङले आँफू जेलमा रहँदा पाएको दुःख कष्ट अन्य कैदीले नपाउन भन्ने अभिप्रायले कम्बल वितरण गरेको बताए  । वितरित कम्बलहरु मध्ये ११ जना महिला, १ जना मुटुरोगी र एकजना विदेशी नागरिक र अन्य ज्येष्टताको आधारमा वितरण गरिएको थ्रि एन्जल्स नेपालका बालबालिका विभागका विभागीय प्रमुख भीमप्रसाद पौडेलले जानकारी दिए । कम्बल वितरणमा सहयोग गर्ने थ्रि एन्जल्स नेपालका कार्यकारी निर्देशक डा. राजेन्द्रकुमार गौतमले कैदी बन्दीले पनि जेलमुक्त भएपछि सामाजिक काममा सरिक हुन सक्छन् भन्ने अभिप्रायले सहयोग गरिएको बताए । कार्यक्रममा कारागार प्रमुख चोलाराम रेग्मी, कास्की उस्सु संघका सदस्य भोजराज सापकोटा सन्तोष, स्यांग्जा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख अच्युत पोखरेल, स्थानीय सञ्चालकर्मी लगायतको उपस्थिति रहेको थियो ।


Post a Comment

 
Top