0
गोल्डेन न्यूज संवाददाता
कालिका बहुमुखी क्याम्पसले गुणस्तर मान्यता प्रमाणपत्र (क्यूएए) का लागि विद्यार्थीबीच छलफल भएको छ । क्याम्पसमा     विद्यार्थीहरु बीच अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको छ ।   क्याम्पस प्रमुख वालकृष्ण शर्माले कार्यक्रमको बारेमा जानकारी दिँदै हालसम्म भएका प्रगतिको बारेमा जानकारी दिएका थिए । क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट एलवोआइको पत्र प्राप्त गरिसकेको जानकारी दिँदै सबै पूर्वाधार पूरा गर्न सबै पक्षको सकारात्मक सहयोग आवश्यक रहेको बताए । सो अवसरमा प्राध्यापक संघका कार्यवहाक अध्यक्ष रवीन्द्र बाँस्तोलाले  पनि गुणस्तर मान्यता प्राप्त प्रमाण पत्रको बारेमा मन्तव्य राखेका थिए । कार्यक्रममा   वक्ताहरुले गुणस्तरको सो प्रमाणपत्र लिनको लागि सबै पक्षबाट सहयोग हुने विश्वास व्यक्त गरेका थिए । विश्वविद्यालय अनुदान आयोगले सबै खाले पूर्वाधार पूरा गर्ने सक्षक क्याम्पसहरुलाई गुणस्तर मान्यताको प्रमाणपत्र प्रदान गर्न सुरु गरेको छ । सो प्रमाणपत्रको लागि कालिका बहुमुखी क्याम्पसले आयोगमा निवेदन गरिसेकेको छ । आयोगले पनि क्याम्पसलाई पूर्वाधार तयार गरी अगाडि बढ्नको लागि एलओआइको पत्र दिएको छ । सो अवसरमा विद्यार्थीहरु सुस्मिता पोख्रेल र प्रेम गुरुङले मन्तव्य राखेका थिए । प्राध्यापक शोभियत खड्काले सो अवसरमा विषयवस्तु माथि जानकारी गराएका  थिए ।


Post a Comment

 
Top