0
नेपाल रेडक्रस सोसाइटी मिजुरे उपशाखाको नवौं साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति दण्डराज शर्माले मानवीय कार्यमा व्यस्त रेडक्रसले सबैलाई समान सहयोग गर्ने उल्लेख गरे । उपशाखाका सभापति वशन्तराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव चन्द्रनाथ अधिकारी, श्रीधर अधिकारी, गणेश अधिकारी, पितृराज कमल पहारी, नारायणदत्त पहारी लगायतले रेडक्रसले गरेको कार्यबारे बोलेका र्थिए। उपशाखाका उपसभापति छवि सुवेदीले स्वागत गरेको कार्यक्रममा ५ जनाले आजीवन सदस्यता बनेका थिए । यसैगरी नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा एक दिने स्वयंसेवक व्यवस्थापन प्रशिक्षण शनिवार पोखरामा सम्पन्न भएको छ । कास्की शाखाका सभापति वामदेव ढुङ्गानाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा उपसभापति डोलराज पाण्डे, मन्त्री कृष्ण तिमिल्सिना लगायतले बोलेका थिए ।  सहभागीको तर्फबाट सीता तिमिल्सिनाले यस प्रकारको तालिमले उपशाखालाई परिपक्क बनाउने सहयोग पु¥याउने बताए । प्रशिक्षण कार्यक्रममा स्वयं सेवकको अवधारणा, व्यवस्थापन र अभिलेख, स्वयं सेवकको रेडक्रसमा प्रवेश, क्रियाशीलता र निरन्तरता, व्यवस्थापनमा शाखाको भूमिका लगायतका विषयमा स्वयंसेवक व्यवस्थापन अधिकृत नारायण लामिछानेले सहजीकरण गरेका थिए।  कार्यक्रममा कास्की जिल्लामा रहेका ५५ जना उपशाखाका १ सय १० जनाको सहभागिता रहेको थियो ।

Post a Comment

 
Top