0
पोखरा–८ स्थित सृजना उच्च मा.वि मा गठन भएको नेपाल जुनियर रेडक्रस सर्कलमा सदस्य विद्यार्थीहरुको सक्रियमा शुक्रबार विन्दुवासिनी चलचित्र हलमा सति प्रथामा आधारित चलचित्र ‘झोला’ को च्यारिटी गरिएको छ ।  च्यारिटी शोबाट प्राप्त हुने आम्दानी विद्यालयमा आगामी माघ १५ र १६ गते आयोजना हुने प्राथमिक उपचार सम्बन्धी २ दिने आवसीय तालिम कार्यक्रममा खर्च गरिने भएको छ । सर्कलका शिक्षक नायक तिलक प्रसाद काफ्लेले दिएको जानकारी अनुसार च्यारिटी गर्नुको उद्देश्य नयाँ पिढीहरुलाई पुरानो नेपाली समाज कस्तो थियो, सतिप्रथा, कमैया, प्रथा र महिलाको अवस्था कस्तो थियो भनि जानकारी गराउनु हो । विद्यालयमा आयोजना हुने कार्यक्रमका लागि अर्थ सङ्कल गर्न पनि च्यारिटी शो गरिएको सर्कलका अध्यक्ष सरोज गिरीले बताए । चलचित्र हेरिसकेपछि प्रतिक्रिया दिदैँ विद्यालयका सामाजिक शिक्षक अभिषेक कुँवरले चलचित्र धेरै उत्कृष्ट छ । यसले विद्यार्थी लगायत जो त्यति सति प्रथाको बारेमा जान्न चाहन्छन्। त्यस्ता व्यक्तिहरुलाई चलचित्रले धेरै राम्रो सन्देश दिएको स्पष्ट पारे । उनले विद्यार्थीहरुले किताबमा पढेको आधारमा भन्दा प्रत्यक्ष चलचित्र हेरेरै राम्रो ज्ञान हासिल गरेको बताए ।







Post a Comment

 
Top