0
नेपाल विद्यार्थी संघ लेखनाथ वडा नं ९ र १० को संयुक्त आयोजनामा शुक्रवार एक कार्यक्रम गरी कार्यकर्तालाई प्रशिक्षण गराएको छ । नेपाली कांग्रेसको १३आंै महाधिवेशन नजिकिदै गर्दा कार्यकताहरुलाई प्रशिक्षण गरी भोट माग्न दौडाहामा नेताहरु रहेका छन् । महाधिवेसनलार्य अवसर पारेर गरिएको कार्यक्रममा वोल्दै प्रमुख अतिथी नेवी संघ कास्कीका पुर्व अध्यक्ष कल्याण वावु भण्डारीले यो काग्रेसको चाडपर्व भएको र यसकम युवाहरुको सक्रिय भुमिकालाई जोड दिन आग्रह गरे । सोही कार्यक्रममा उनले साठी चालीसको भागवन्डालाई अन्त्य गर्दै युवालाई ६० र अग्रजलाई ४० को भागवन्डा गर्न जोडदार माग गरेका छन् । कार्यक्रममा वोल्दै विशिष्ठ अतिथी नेपाल तरुण दल कास्कीका पुर्व अध्यक्ष सुरज जंग राणाले काग्रेको इतिहास कसैले अभियान चाल्दैमा र हावाहुरीले नउडाउने उद्घोष गरे । उनले कोही ठिक समय आउने समयमा आउने र वेठिक समयमा जाने कार्यकर्ता पार्टीलाई नचाहीने समेत जानकारी दिए । उनले आफूले लेखनाथ नगर सभापतीमा उम्मेदवारी दिँदै सहयोग गर्न आग्रह गरे । कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक श्रीराम कडेल, स्थानिय नेता तिर्थ तिवारी, ने का वडा नं ९ सभापति ढकनाथ कडेंल, तरुण दल लेखनाथ नगर सभापति सागर गुरुङ्ग, नेका नेता विश्व पौडेल, विपि चिन्तन प्रतिष्ठान क्षेत्र नं १ सभापति रमानाथ पाण्डे लगायतले वोल्नुका साथै सवै एक भएर महाधिवेसनमा लाग्नु पर्नेमा जोड दिए । नेविसंघ लेखनाथ वडा नं ९ का सभापति प्रकाश तिवारीको सभापतीत्वमा भएको कार्यक्रमको सञ्चालन विद्यार्थी नेता धु्रव तिवारीले गरेका थिए ।



Post a Comment

 
Top