0
गोल्डेन न्यूज संवाददाता
राप्रपा नेपाल कास्की क्षेत्र नं. २ को आयोजनामा पोखरा १ कसेरी सिमपानीको वडा भेला सम्पन्न भएको छ । हरेक वडा, क्षेत्रमा राप्रपा नेपाल भन्ने राप्रपा नेपालको राष्ट्रिय अभियानलाई सार्थक तुल्याउनको लागि भेला आयोजना गरिएको अञ्चल सचिव सूर्य बाँस्तोलाले जानकारी दिए । कार्यक्रममा बोल्दै राप्रपा नेपाल कास्कीका अध्यक्ष जयलाल पुनले पोखरेली जनतालाई शुद्ध खानेपानीको व्यवस्था गर्न आफ्नो टोलीले पहल गरेको बताए ।   कार्यक्रममा धौलागिरी संयोजक तथा केन्द्रीय सदस्य कुल बहादुर गुरुङ्ग कुलु, केन्द्रीय सदस्य रोम बहादुर भण्डारी, प्रशिक्षण विभाग केन्द्रीय सदस्य बरुण बिक्रम राणा, केन्द्रीय सदस्य देविजंग गुरुङ्ग, जिल्ला उपाध्यक्षद्वय नेत्रबहादुर बस्नेत, बुद्धिमान दुरा धम्पु, क्षेत्रीय अध्यक्ष गीता गुरुङ्ग लगायतले बोलेका थिए । कार्यक्रम वडा नं. १ का अध्यक्ष मोतिमान शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Post a Comment

 
Top