0
गोल्डेन न्यूज संवाददाता
पोखराको न्यूरोडमा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक १२औंं बर्षमा प्रवेश गरेको अवसर पारेर रक्तदान, सम्मान तथा विद्यालयलाई सहयोग आदि विभिन्न कार्यक्रमको आयोजना गरेको छ । रक्तदान जीवनदान भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा बैंकका कर्मचारीहरु, संस्थापक एंव सर्वसाधारण शेयरधनी, ग्राहकवर्गहरु बाट ४५ युनिट रगत संकलन भएको छ । त्यस्तै बंैकले पोखरा–२५, पुम्दी–भुम्दीस्थित श्री युवा ज्योती प्राथामिक विद्यालयलाई एउटा कक्षा कोठाको लागि आवश्यक पर्ने १० थान डेस्कबेन्च हस्तान्तरण, विद्यार्थीहरुलाई स्टेशनरी, खेलकुद समाग्री तथा खाजा वितरण गरेको छ  । सो अवसरमा बैंकका अध्यक्ष पद्यप्रसाद पौडेलले सामाजिक उत्तरदायित्व वहन गर्दै यस्ता कार्यक्रमहरु गर्न पाउदाँ खुशी लाग्ने र सम्पूर्ण बैंक परिवारमा सन्तुष्टी प्राप्त हुने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्माले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्न प्रयत्नशिल रहेको र आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरु आयोजना गर्दै जाने प्रतिवद्धता जनाएका थिए ।

त्यस्तै बैंकले सवल र सक्षम कर्मचारीवाटमात्र संस्थागत लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै सम्पूर्ण शाखा प्रबन्धक एवं व्यवस्थापकीय तहका कर्मचारीहरुलाई ‘मेनेजर एज अ कोच’ शीर्षकको एक दिने प्रशिक्षण प्रदान गरेको थियो । प्रशिक्षणमा बंैकको केन्द्रीय कार्यालय सहित २० वटै शाखा कार्यालयका ३० जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।
बैंकले चालु आ.व.को पौष मसान्त सम्ममा ५ अर्व ४ करोड निक्षेप संकलन गरी ४ अर्व ७ करोड कर्जा लगानी गरेको छ । सोही अवधिमा ९ करोड ५ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको छ जुन गत आ.व.को सोही अवधि भन्दा ३८ प्रतिशतले बढी हो । सोही अवधिमा बैंकको निष्कृय कर्जा अनुपात ०.२२ प्रतिशत र कर्जा निक्षेप अनुपात ७३ प्रतिशत रहेको छ । ग्राहकहरुलाई सरल, सहज र सर्वसुलभ वित्तीय सेवा पु¥याउँदै आएको यस बैंकले ग्राहकहरुलाई आधुनिक बैकिङ्ग सेवाहरु मोवाईल बैकिङ्ग, एटिएम, एविविएस, लकर र रेमिट्यान्स सेवाहरु उपलब्ध गराउँदै आएको, विभिन्न कर्जा शीर्षकहरुमा सरल र सहज तरीकाले छिटोछरितो रुपमा कर्जा उपलब्ध गराउनुका साथै निक्षेपमा आकर्षक ब्यजदर प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्माले बताए ।




Post a Comment

 
Top