0
गोल्डेन न्यूज संवाददाता
रमपम झापा–११ पनि पोखरामा जारी आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा झापाले पाहुना टोली गाजीरचाट स्पोर्टिङ्ग क्लब बंगलादेशबिरुद्ध ४–१ को सहज जित हात पारेको छ । यससँगै सेमिफाइनल समीकरण पुरा भएको छ । आयोजक सहारासँगै त्रिभूवन आर्मी र मनाङ–मस्र्याङ्दी क्लब यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । झापाले अब बिहीबार फाइनल प्रवेशका लागि मनाङ–मस्र्याङ्दी क्लवको सामना गर्नेछ । खेलमा झापाले पहिलो हाफमा तीन गोल गरेको थियो भने भने दोश्रो हाफमा एक गोल थप्यो । गाजिरचाटले भने दोश्रो हाफमा सान्त्वना गोल मात्रै गर्यो ।

एक पक्षीय देखिएको खेलमा झापाले छैटौं मिनेटमै अग्रता लिएको थियो । झापाका योगेश गुरुङको क्रसमा कर्ण लिम्बुले हेडर गोल गर्दै अग्रता दिलाए । १४औं मिनेटमा योगेशकै पासमा गणेश खड्काले गोल गर्दै अग्रता दोब्बर पारे । २८ औं मिनेटमा नरेन्द्रमणि लिम्बुले गोल गर्दै पहिलो हाफमा झापालाई ३–० को अग्रता दिलाए ।
गाजिरचाटले दोश्रो हाफमा भने सधारिएको खेल प्रदर्शन गर्रुयो । दोश्रो मिनेटमै गोल गर्दै खेलमा फर्किने आश देखायो । गाजिरचाटका डिफेन्डर मनिकले ओभरल्यापमा गएर गोल गर्दै गोल अन्तर घटाए । त्यसपछि पनि केही राम्रा अवसर सिर्जना गरेको थियो । बंगलादेशको राष्ट्रिय टिमका खेलाडी अरुप कोमर र ईमोन बाबु तथा १९ वर्ष मुनिका ६ जना खेलाडी गाजिरचाटले मैदानमा उतारेपनि उत्कृष्ट प्रदर्शन भने गर्न सकेन । खेलको ७४ औं मिनेटमा कर्णले व्यक्तिगत दोश्रो गोल गरे र झापा ११ लाई ४–१ को शानदार जित दिलाएका छन् । कर्ण लिम्बु म्यान अफ दी म्याच घोषित भए ।

झापा ११ का प्रशिक्षक भगीरथ आले ‘मामा’ले विपक्षी राम्रो भएपनि आफूहरुको खेल नबुझ्दा सहज जित हात परेको बताए । उनले मनाङसँगको सेमीफाइनल खेल फाइनल जस्तै हुने र उक्त खेल आफ्नो टिमले जित्ने दाबी गरे । बुधबारदेखि सेमिफाइनल खेल शुरु हुनेछ । पहिलो सेमिफाइनलमा बुधबार आयोजक सहारा क्लव पोखराले र त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । क्वाटरफाइनलमा आर्मीले थ्रीस्टार र आयोजक सहाराले युनाइटेड सिक्किम फुटवल क्लवलाई पराजित गरि सेमिफाइनलमा प्रवेश गरेका हुन् । आहा गोल्डपकको इतिहास हेर्ने हो भने सहारा क्लव र त्रिभुवन आर्मीको भेट १ पटकमात्र भएको छ । आहारारा गोल्डकप–२०६९ को सेमिफाइनलमा सहाराले आर्मीलाई ट्राइब्रेकरमा ४–२ गोलले पराजित गरेको थियो ।

Post a Comment

 
Top