0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ हेमजाल आयोजनामा दोस्रो अन्तर लायन्स फुटसल प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ। हामी सेवा गर्छाै भन्ने लायनवादको नारा, खेलकुद सँगै स्वास्थ्य, बढाआंै भाइचारा भन्ने सन्देश सहित आयोजना गर्न लागिएको प्रतियोगिता माघ ९ गतेसम्म चल्ने छ। पोखरा गणेशटोलस्थित बी फिट स्पोर्टस्मा संचालन भएको उक्त प्रतियोगितामा १६ टिमको सहभागीता जनाएका छन्। प्रतियोगितामा बिहीबार भएको खेलमा लायन्स क्लव अफ हेमजाले लायन्स क्लव युनाईटेड चौतारीलाई ८–० ले पराजित ग¥यो। लायन्स क्लव अफ पोखरा फेवा फूलवारीले लयान्स क्लव अफ लेखनाथ वेगनासलाई ६–३ ले पराजित ग¥यो। त्यस्तै लायन्स क्लव अफ पोखरा पोखरा गोल्डेन चौतारीले लायन्स क्लव अफ पोखरा मिट टाउनलाई १६–१ ले पराजित गरेको थियो ।
त्यसैगरि लायन्स क्ल्व अफ पोखरा पिस सिटीले लायन्स क्लव अफ पोखरा पिस चौतारीलाई ४–० ले पराजित ग¥यो। लायन्स क्लव अफ पोखरा डाउन टाउनले लायन्स क्लव अफ हेमजा निलोलाई १०–१ ले पराजित ग¥यो। लायन्स क्लव अफ पोखरा सुन्दर नगरीले लायन्स क्लव अफ पोखरा सेन्टर टाउनले १०–२ ले पराजित ग¥यो। 
यसैगरि लायन्स क्ल्व अफ पोखरा ग्लोवल लेकसीले लायन्स क्लव अफ पोखरा लालीगुरासलाई ११–१ ले पराजित ग¥यो। बिहीबार भएको अन्तिम खेलमा लयान्स क्लव अफ मुनालले लायन्स क्लव अफ पोखरा आदर्श चौतारीलाई १०–१ ले पराजित ग¥यो। शुक्रबार क्वाटर फाईनल र सेमी फाईनलका खेल हुने कार्यक्रम संयोजक सन्तमान श्रेष्ठले जानकारी दिए ।
यसअघि प्रतियोगिताका उद्घाटन गर्दै प्रमुख अतिथि डिष्ट्रिक्ट गर्भनर धु्रवबहादुर थापाले लायन्स क्लव वीचको भाईचारा कायम गर्न फुटसल कोषेढुङ्गा वनेको बताए । जोन चियर पर्सन राजु श्रेष्ठले यस्ता प्रतियोगितालाई निरन्तरता दिनु पर्ने बताए। कार्यक्रममा लायन्स क्लव अफ हेमजाका तृतीय उपाध्यक्ष नवराज त्रिपाठीले पनि बोलेका थिए। प्रतियोगितामा प्रथमलाई २५ हजार, द्वितीयलाई १५ हजार र तृतियलाई १० हजार पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने छ।     
त्यसैगरी, म्यान अफ दि म्याच, अनुशासित टीम, सर्वाधिक गोलकर्ता, सर्वाेत्कृष्ट खेलाडी र सर्वाेत्कृष्ट गोलकिपरलाई पनि पुरस्कृत गरिने प्रचार–प्रसार समितिका संयोजक दुर्गाप्रसाद पौडेलले जानकारी दिए ।     
 लायन्स क्लव अफ हेमजाका अध्यक्ष विनोदकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा प्रथम उपाध्यक्ष धर्मराज भण्डारीले स्वागत र सचिव मिनबहादुर श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए।










Post a Comment

 
Top