0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ न.पा. वडा नं.– १७, मा वि.पि. चिन्तन प्रतिष्ठानको वडा कमिटी विस्तार गरिएको छ । वि.पि चिन्तन प्रतिष्ठान कास्कीका जिल्ला सदस्य विष्णु प्रसाद अधिकारीको नेतृत्वमा गएको टोलीले उक्त समिति विस्तार गर्न पहल गरेको हो । यसअघिनै वि.पि. चिन्तन प्रतिष्ठान जिल्ला समिति कास्कीले पिताम्वर पौडेललाई लेखनाथ न.पा. वडा नं.–१७, को वडा संयोजक तोकिसकेको थियो भने बिहीवार एक कार्यक्रम आयोजना गरी पिताम्वर पौडेलको संयोजकत्वमा संयोजक सहीत १५ सदस्सीय तदर्थ समिति विस्तार गरिएको छ । उक्त समितिमा उपाध्यक्ष बाबुराम अधिकारी सचिव कृष्णप्रसाद अधिकारी सह–सचिव लालप्रसाद पराजुली कोषाध्यक्ष देवकी आचार्य रहेका छन् । त्यसैगरी सदस्यहरुमा राम बहादुर पुन, कमल बहादुर गुरुङ्ग (राजु), दिल वहादुर काकीर्, गोविन्द चापागाई, जगदिश सुवेदी, ऋषि देवी लामिछाने, ऋषिराम पौडेल, वलबहादुर कार्की, मंगल बहादुर वि.क.,  विष्णु रानाभाट रहेका छन् । समितिको  सल्लाहकारहरुमा केशर प्रसाद निर्दोषी विष्णु प्रसाद पौडेल, पदमबहादुर क्षेत्री, विष्णुप्रसाद अधिकारी, सरोजराज अधिकारी, सूर्यमोहन आचार्य, रुद्रमणि आचार्य, कृष्ण लामिछाने, कृष्ण प्रसाद सुवेदी रहेका छन् ।





Post a Comment

 
Top