0
पोखरा उप—महानगर पालिका वडा नम्बर १९ मा बसोबास गर्ने व्राम्हण समुदायले  सामूहिक रुपमा भूमे पूजा गरेका छन । वडामा रहेको करिब २ सय घरधुरिका ब्राम्हण समूदायले घार्मीमा रहेको भूमेपूज्ने तिखेढुङगा सामुदायिक बनमा पूगी भूमी देवताको पूजा आरधाना गरेका थिए । परापूर्व काल देखि नै वर्षको २ पटक जेठ र मंङसीर महिना गरिने भएपनि तिथि घटबढका कारण पुषमा पूजा गरिएको हो । सहभागि भक्तजनहरुले भूमी देवताको पूजा गर्दै बर्खे बाली संप्रिएकोमा खुसी व्यक्त गर्दै अन्न तथा फलफुल चढाएका थिए । िहउँदे खेती लगाउँदा पनि कूनै व्यवधान नआओस भन्दै कामना गरेका थिए । बाली लगाउने बेला र थन्क्याउने बेलामा गरिने पूजामा अन्न समेत चढाईन्छ । विहान चोखो नितो गरी घरमा रहेको भगेर देवताको पूजा गरिसकेपछि भक्तालुहरु भूमि पूजाका लागी जङगल क्षेत्रमा रहेको मठमा जाने गर्दछन् । जुठो तथा सुत्केरो परेका भने पुजामा सहभागी हुदैनन । गाँउमा यसपाली अधिकांस घरमा जुठो र सुत्केरो परेकाले पुजामा सहभागीहरुको संख्या न्युन रहेकोथियो। पुजामा महिलाहरु सहभागी नहुने प्रचलन  छ ।






Post a Comment

 
Top