0
गोल्डेन न्यूज संवाददाता
पोखराबाट प्रकाशित हुने आदर्श समाज राष्ट्रिय दैनिकका सम्पूर्ण पत्रकार तथा कर्मचारीहरुको दुर्घटना बीमा गरिएको छ । एभरेस्ट ईन्सुरेन्स कम्पनीमा प्रत्येकको एक लाख रुपैंयाको बीमा गरिएको हो । सो बीमाबाट कार्यरत पत्रकार तथा कर्मचारी सडक दुर्घटना, गम्भीर प्रकृतिको अंगभंग तथा लामो समय उपचार गराउनुपर्ने अवस्थामा कम्पनीमार्फत एक लाख रुपैंयासम्मको सुविधा प्राप्त हुनेछ । पत्रिकाका व्यवस्थापक दुर्गादेवी बास्तोलाले दिएको जानकारी अनुसार हाल सो पत्रिकामा ७० जना पत्रकार, कर्मचारी कार्यरत छन् ।













Post a Comment

 
Top