0
आगामी मार्चको अन्तिम साता जापानको टोकियोमा हुने यु–१२ कोपा पुमा टोरेरोज–२०१६ अन्तर्राष्ट्रिय आमन्त्रित फुटवल प्रतियोगितामा सहभागिताका लागि कास्कीका खेलाडी छनौट कार्य जारी छ । मंगलबार गरिएको दोश्रो छनौंट खेलबाट यहाँका ३२ खेलाडी छानिएका छन् । छनौटमा पर्ने खेलाडीहरुमा प्रकाश नेपाली, मनोज विक, समुन्द्र सुवेदी, रोशन थापा, कुशल परियार, प्रवेश चौधरी, साकार थापा, अबिरल थापा, मनोज नेपाली, प्रशान्त गुरुङ्ग, निराजन थापा, सफल गुरुङ्ग, सुरज श्रेष्ठ, विशाल थापामगर, अनमोल थापा, मनोज जलारि र अस्मित गोर्खाली रहेका छन् । छनौट हुने अन्य खेलाडीहरुमा विकल थापा, अमन गुरुङ्ग, निर्दोष थापा, प्रशन्न श्रेष्ठ, विनय तामाङ्ग, गणेश विक, प्रमेश गुरुङ्ग, पुष्प भट्टराई, नमास थापामगर, सचिन गुरुङ्ग, सुसान्त श्रेष्ठ, प्रविण थापा, नमित खत्रि, बिजु गुरुङ्ग र सुमित श्रेष्ठ रहेका छन् । 
खेलाडी सहभागिताका लागि कास्की जिल्ला फुटवल संघलाई जापानमा फुटवल प्रशिक्षण दिदै आएका नेपाली फुटवलर बसन्त गौचनको संयोजनमा निमन्त्रणा आएको हो । आयोजकबाट औपचारिक निम्तो पाएपछि कास्की जिल्ला फुटवल संघले एक महिना अघिदेखि खेलाडी छनौट तथा प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । प्रारम्भिक प्रशिक्षणमा २ सय ५० खेलाडीले सहभागिता जनाएका थिए । ति मध्ये पहिलो चरणमा ६० खेलाडी छनौट गरिएको थियो । प्रशिक्षकद्वय शम्भु केसी र राजेन्द्र तामाङ्गले खेलाडीहरुलाई नियमित प्रशिक्षण दिइरहेका कास्की जिल्ला फुटवल संघका अध्यक्ष धरमबहादुर लामिछानेले जानकारी दिए ।
















Post a Comment

 
Top