0
गोल्डेन न्यूज संवाददाता
क्यानोनिङ गाउँ घलेलमा १७औं ल्होसार उत्सव हुने भएको छ । कास्की जिल्लाको सुदूर उत्तरी क्षेत्रको पर्यटकीय गाउँ घलेलको परम्परागत कला–संस्कृतिको संरक्षण तथा खेलकूदको विकास सहित पर्यटन प्रवद्र्धन गर्न विगत डेढदशक अघिदेखि गरिंदै आएको ल्होसार घलेल उत्सवलाई यसवर्ष पनि निरन्तरता दिन लागिएको आयोजक समितिका संयोजक रामबहादुर गुरुङले जानकारी दिएका छन् । स्थानीय बौद्ध सृजना युवा क्लब र बमबहादुर घलेल नि.मा.वि., घलेलको संयुक्त आयोजनामा हुन लागेको उत्सव पुस १५ देखि २० गतेसम्म चल्ने छ । उत्सवमा साँस्कृतिक एवम् मनोरञ्जनात्मक कार्यक्रम, खुल्ला वडास्तरीय भलिबल प्रतियोगिता, क्लबस्तरीय खुल्ला महिला भलिब प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता, अर्गानिक परिकारका स्वाद, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति लगायतका कार्यक्रमहरू समावेश गरिएको छ । उत्सवबाट भएको आम्दानी बाट मर्दी हिमाल पदमार्गको व्यवस्थापन तथा सुधार गर्ने आयोजकको योजना रहेको उत्वव आयोजक समतिका संयोजक गुरुङले बताए । माछापुच्छ«े मोडेल ट्रेक अन्तर्गत रहेको मर्दी हिमाल पदमार्गमा घुम्न आउने पर्यटकको आकर्षण बढ्दै गएपछि यहाँका पर्यटन व्यवसायीहरू उत्साहित छन् ।
करिब २५ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको सो उत्सवमा घैंटो फुटाउने, रस्साकसी, छेलो लगायतका मनोरञ्जनात्मक कार्यक्रमहरूसमेत सञ्चालन गरिने छ । ल्होसार उत्सव सम्पन्न गर्नका लागि रामबहादुर गुरुङको संयोजकत्वमा ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । स्थानीय कुदी छहरामा क्यानोनिङ खेल आरम्भ भएपछि घलेल गाउँ क्यानोनिङका रूपमा चिनिन थालेको छ । डोरीको सहायताले पहरा र छहरासँगै बग्ने साहसिक खेल क्यानोनिङ खेल पोखराबाट नजिकै रहेको यो नै पहिलो पर्यटकीय गाउँ हो । पर्यटकीय गाउँ घलेलको मात्र नभई सिङ्गो पर्यटकीय नगरी पोखरामा क्यानोनिङ खेल नयाँ आयाम र सम्पदाका रूपमा विकास गर्न पाएका घललेबासी हर्षित भएका छन् । ६ वर्षअघि होमस्टे सञ्चालनमा आएको घलेलमा करीब ७० पर्यटक थाम्न सक्ने क्षमता रहेको छ । घललेबाट मर्दी हिमाल, अन्नपूर्ण हिमश्रृङ्खला, नागवेली भएर बग्ने मर्दीखोलाको दृश्यावोलकनका साथै प्राकृतिक मनोरम दृश्यपान गर्न सकिन्छ ।
यसैबीच गाउँको चिनारीको लागि हाम्रो सक्रियता भन्ने मूल नाराका साथ मंगलबारदेखि कास्कीको धिताल ७ हेम्जाकोटमा पुसे १५ तथा ल्होसार मेला सुरु भएको छ । जय बराह युवा क्लवको आयोजनामा सुरु भएको मेलाको नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनले एक कार्यक्रमका बीच उदघाटन गरेका हुन् । महोत्सवको उदघाटन गर्दै अध्यक्ष शेरचनले खेलको माध्यमबाट देश विकास सम्भव हुने भएकाले युवाहरुलाइ खेलप्रति आकर्षण गर्न मेला महोत्सवले समेत महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले गाउँबाट मानिसहरु शहरतर्फ लाग्ने र गाउँ बृद्धाश्रम जस्तै भइरहेका बेला स्थानीय युवाहरुको सक्रियतामा मेला मेहोत्सव आयोजना गरेर गाउँ देखीनै खेलकुदको विकासमा योगदान पुर्याएकोमा आयोजक क्लवलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। क्वलवका अध्यक्ष सुन्दर गुरुङको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा नेपाली काँगे्रेस क्षेत्र नं ४ का उपाध्यक्ष मोतिप्रसाद ढुङ्गाना, नेपाल पे्रस युनियन कास्कीका उपाध्यक्ष माधव रेग्मी, नेकपा माओवादीका टेकनाथ गौतम, भूमेश्वर मावि धितालका प्र.अ. झलक बहादुर पौडेल, युवा समाजसेवी धर्मराज सुनार तथा हेम्जाकोट प्राविका अध्यक्ष खडग वहादुर गुरुङ लगायतले महोत्सवले धिताल हेम्जाकोटकोमात्र नभइ त्यस वरपरका युवाहरुलाइ एकजुट गराउनका साथै खेलको माध्यमबाट स्थानीय विकासमा समेत महत्वपुर्ण योगदान पुर्याएको बताएका थिए । एक हप्तासम्म चल्ने महोत्सवमा भलिवल प्रतियोगिता, लोकदोहोरी प्रतियोगिता, लट्ठो तान्ने र छेलो हान्ने प्रतियोगिता  लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ । त्यस क्षेत्रकै महत्वपूर्ण प्रतियोगीताका रुपमा मानिने भलिवल प्रतियोगिता मा ११ टिमको सहभागिता रहेको र प्रथम र द्वितीय हुने टिमलाई क्रमशः २५ हजार र १५ हजार पुरस्कार राशिको व्यवस्था राखिएको समेत आयोजकले जनाएको छ ।




Post a Comment

 
Top