0
गोल्डेन न्यूज संवाददाता
भिबोर विकास बैंक लिमिटेड र सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभ्ने÷ गाभिने भएका छन् । यी दुवै संस्था बीच छलफल भई दुवै संस्थाका संचालक समितिका पदाधिकारी तथा अन्य पदाधिकारीहरुको उपस्थितिमा बुधबारज एक कार्यक्रमका बीच मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर थरिएको छ। समझदारी पत्रमा भिवोर विकास बैंक लि. का तर्फबाट संचालक समितिका अध्यक्ष मोहन दास मानन्धर र सोसाइटी डेभलपमेन्ट बैंक लि. का तर्फबाट बैंक संचालक समितिका अध्यक्ष सुशिलराज पराजुलीले हस्ताक्षर गरे। मर्जर प्रकृया २०७२ असार भित्र पुरागरी सो पश्चात बैंकको नाम भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेड राख्ने प्रस्ताव गरिएको छ । मर्जर पश्चात बन्ने संस्थाको कूल चुक्ता पूँजी  १ अरब ८१ करोड ५० लाख रुपैयाँ पुग्नेछ भने गत आश्विन मसान्तको अपरिष्कृत वित्तीय विवरण अनुसार कूल निक्षेप करिव ११ अरब रुपैयाँ र कूल कर्जा करिव ९ अरब रुपैयाँ हुने बताइन्छ । मर्जर पछि कूल ४३ शाखा मार्फत संस्थाको बैंकिङ्ग सेवाको पहुँच ८ अञ्चलका २० जिल्लामा हुनेछ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थाहरुको पुँजीगत आधार सुदृढ गर्न आगामी २०७४ असार मसान्त भित्र हाल तोकिएको चुक्ता पुँजीबाट करिब चार गुणा वृद्धि गर्न निर्देशन जारी गरेको विद्यमान अवस्थामा अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले चुक्ता पुँजी वृद्धि गर्ने विकल्पको रुपमा संस्थाहरु एक आपसमा मर्जर सम्बन्धी प्रक्रिया अपनाई पुँजी वृद्धि गर्ने नीति यसअघि नै अख्तियार गरिसकेको छ । २०७४ आषाढ मसान्तसम्म राष्ट्रिय स्तरको विकास बैंकले कूल पूँजी २ अरब ५० करोड रुपैयाँ पु¥याउनु पर्ने प्रावधान अनुसार कम हुन आउने ६८ करोड ५० लाख रुपैयाँ थप पूँजी पु¥याउन दोश्रो चरणमा अन्य कुनै विकास बैंक तथा वित्त कम्पनीलाई आफूमा मर्ज गराउन दुवै संस्था सकारात्मक रहेका छन् ।






Post a Comment

 
Top