0
पांचौ एसओएस गु्रप बगर भाइखलक एट ए साइड भेट्रान फुटवल प्रतियोगिता–२०७२ आगामी पुस २४ देखि २७ सम्म पोखराको पुरानो टुडिखेल मैदानमा हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद, पूर्व खेलाडी कल्याणकोष का लागि सहयोग भन्ने मूल नाराका साथ आगामी फुटवल प्रतियोगिता आयोजना गर्न लागिएको हो । बगर भाइखलकले आयोजना गर्दै आइरहेको ४० वर्ष माथि उमेर समूहको एट ए साइड भेट्रान फुटवल अन्तर्गत पांचौ संस्करणको प्रतियोगितालाई भब्यताका साथ सफल पार्नका लागि बगर भाइखलकका अध्यक्ष दिलवहादुर गुरुङको संयोजकत्वमा मूल आयोजक समिति निर्माण गरी विभिन्न ५१ सदस्यीय उप–समितिहरु निर्माण गरिएको छ । प्रतियोगिता लाई सफल बनाउनका लागि सह–संयोजकमा तेजबहादुर गुरुङ, आर्थिक उपसमितिमा इश्वर गुरुङ, समारोह ब्यवस्थापनमा ओमकार गिरी, प्रचार–प्रसारमा मनकाजी गुरुङ, स्वयंसेवक परिचालनमा सन्तोष (धन) गुरुङ, टीम तयारीमा चन्द्र गुरुङ, अनुशासन तथा प्राविधिकमा दिनेश श्रेष्ठ, अतिथी सत्कारमा रमेश श्रेष्ठ, खेल मैदान ब्यवस्थापन मा प्रदिप राई (दारसिङ) दाइ, स्वास्थ्य एवं प्राविधिकमा वावुराम पौडेल, अन्तर्राष्ट्रिय सम्पर्कमा तेजबहादुर गुरुङ र सह सयोजकमा जुमप्रसाद गुरुङ रहेका छन । प्रतियोगितामा काठमाडौंबाट ४, हेटौडाबाट १, बुटवलबाट १, चितवनबाट १, वीरगञ्जबाट १ र स्थानीय टीम सहित कुल १६ टीमले सहभागिता जनाउने प्रतियोगिताका संयोजक दिलवहादुर गुरुङले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टीमलाई ४४ हजार ४ सय ४४ नगद र दोश्रो हुने टीमले ३३ हजार ३ सय ३३ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।






Post a Comment

 
Top