0
गोल्डेन न्यूज संवाददाता
पोखराको पुरानो टँुडिखेलमा जारी १०आंै बिटी कप अन्तर्गत बुधवारको पहिलो खेलमा भ्याली स्पोर्टस क्लवले ४–० गोल अन्तरले एकता एफसीलाई पराजित गरेको छ । खेलमा भ्यालीको तर्फबाट शिव श्रेष्ठ र राजु गुरुङले एक–एक गोल गरेभने विजय गुरुङले दुइ गोल गरे । दोश्रो खेलमा विष्णुपादुका हेम्जाले ८–१ गोल अन्तरले बिटी ब्ल्युलाई पराजित गरेको छ । प्रतियोगितामा विष्णुपादुका को तर्फबाट सुविन श्रेष्ठले ६, प्रविण थापा र अशोक नेपालीले एक– एक गोल गरेका थिएभने बिटी ब्ल्युको तर्फबाट सुदिप पाठकले सान्तवना गोल गरेका थिए । त्यस्तै तेश्रो खेलमा एलजी एशोसिएशनले १–० गोल अन्तर गर्दै शिसुवालाई पराजित गरेको छ । प्रतियोगितामा एलजी एशोसिएशनको तर्फबाट सिद्धर्थ रञ्जितले निर्णायक गोल गरेका थिए । चौथो खेलमा बी १३ ले ३–२ गोल अन्तरले कुंडहर अन्नपूर्णलाई पराजित गरेको छ । खेलमा बी १३ को तर्फबाट शिव सुवेदीले दुइ र अनिल ओझाले एक गोल गरेका थिए भने कुंडहरको तर्फबाट प्रभात गुरुङ र बिनय बानियाँले एक–एक गोल गरेका थिए ।खेलमा नर्थ हर्नले ३–१ गोल अन्तरले दिपलाई पराजित गरेको छ । प्रतियोगितामा  नर्थ हर्न एफ सीको तर्फबाट बाल प्रसादले तीन गोल गरेका थिएभने दिपको तर्फबाट दिनेश सुवेदीले सान्त्वना गोल गरेका थिए । छैर्ठांै खेलमा काजीपोखरीले १–० गोल अन्तरले रि युनाइटेडलाई पराजित गरेको छ । प्रतियोगितामा काजीपोखरीको तर्फबाट आदर्श शाहीले निर्णायक गोल गरेका थिए ।

सातौ खेलमा मालेपाटन एफ सीले २–१ गोल अन्तरले टुडिखेल एफ सीलाई पराजित गरेको छ । प्रतियोगितामा मालेपाटनको तर्फबाट फोनस कार्की र बिकास नेपालीले एक–एक गोल गरेका थिएभने टुडिखेलको तर्फबाट शंकर गुरुङले सान्त्वना गोल गरेका थिए । अन्तिम खेलमा संगमले २१ गोल अन्तरले एन वाइ सी रत्नचोकल लाई पराजित गरेको छ । प्रतियोगितामा संगमको तर्फबाट अभिषेक तामाङ र विमल बस्नेतले एक–एक गोल गरेका थिए भने एन वाइ सी रत्नचोकको तर्फबाट विष्णु गुरुङले सान्तवना गोल गरेका थिए । बिटी कपमा बिहीबार पोखरा भ्याली स्पोर्टस भर्सेस विष्णु पादुका, एलजी एशोसियसन भर्सेस बी १३, नर्थ हर्न एफ सी भर्सेस काजीपोखरी, मालेपाटन एफसी भर्सेस संगम एफ सी बीच खेल हुने हुने आयोजकले जनाएको छ ।

Post a Comment

 
Top