0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपालले पोखराको विन्ध्यवासिनी मन्दिर परिसर सरसफाई गर्नुका साथै त्यहाँ रहेका असहाय ज्येष्ठ नागरिकलाई फलफूल वितरण गरेको छ । संस्थाका नव नियुक्त कर्मचारीका लागि आयोजित ५ दिने सेवा प्रवेश पूर्व आधारभूत सैद्धान्तिक तालिमको अवसर पारी तालिमको तेश्रो दिन उक्त कार्य गरिएको हो ।

तालिममा सहभागी कर्मचारी हरुलाई आध्यात्मिक भावना जगाई मानवीय सेवामा समर्पित गराउने उद्देश्यले विन्ध्यवासिनी मन्दिर दर्शन, मन्दिर परिसर सरसफाईका साथै मन्दिर प्राङ्गणमा रहेका १९ जना असहाय नागरिकहरुलाई फलफूल वितरण गरिएको संस्थाका कार्यकारी निर्देशक विश्वप्रकाश प्रगाइँले गोल्डेन न्यूज दैनिकलाई बताए । कार्यक्रममा वोल्दै उनले संस्थाका कार्यकारी प्रमुख विश्वप्रकाश प्रसाइँले विषयवस्तुहरु का साथै सामाजिक गतिविधिमा संलग्नताले मानिसको जीवनलाई पूर्णता दिने बताए ।

लघु वित्त सेवा समुदायमा आधारित वित्तीय सेवा भएकाले समुदायको हरेक पक्षका वारेमा कर्मचारीलाई जानकारी दिन पनि अतिरिक्त क्रियाकलापहरुको भूमिका रहने उनले बताए । तालिमको चौथो दिन देशमा विद्यमान मधेशी र पहाडी समुदाय बीच सद्भाव विकासका लागि सद्भाव दौडको आयोजना, आन्दोलनबाट सृजित भावना अन्तर समूह हाजिरीजवाफ प्रतियोगिता वाट शुरु गरिने र अपरान्ह ४ वजेपछि विविध साँस्कृतिक कार्यक्रम सहित समापन समारोह आयोजना हुने नेष्डोले जनाएको छ ।








Post a Comment

 
Top