0
गोल्डेन न्यूज संवाददाता
छैठौं पोखरा महोत्सवको अफिसियल पेपर मिडियामा समाधान क्षेत्रीय दैनिकलाई चयन गरिएकोे छ । गतवर्षका महोत्सवहरुमा आदर्श समाज दैनिक अफिसियल मिडिया रहेको थियो । सोमबार एक कार्यक्रमका बीच समाधान दैनिक र युनाइटेड क्लव बीच सहमति पत्रमा हस्ताक्षर भएको हो । आइतबार युनाइटेड क्लवका अध्यक्ष हिमालय बख्रेल र महोत्सवका प्रचार–प्रसार संयोजक तथा क्लवका सचिव लालकाजी गुरुङ, समाधान दैनिकका कार्यकारी सम्पादक रामकृष्ण ज्ञवाली र पत्रिकाका बजार व्यवस्थापक श्री पोखरेलले महोत्सवको अफिसियल पेपरको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । उक्त अवसरमा वोल्दै समाधान दैनिकका कार्यकारी सम्पादक एवं नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले समाधान दैनिक पोखरामा छुट्टै विशेषता बोकेर अगाडि वढिरहेको र महोत्सवलाई सफल बनाउनका लागि आफूहरुको मिडियाबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । 

त्यस्तै युनाइटेड क्लवका अध्यक्ष हिमालय बख्रेलले समाधान दैनिकले विगतका महोत्सवहरुमा सहयोग गरिरहेको बताउँदै यस वर्षदेखि समाधान दैनिकले विशेष तवरले समाचारहरु संप्रेशण गर्दै आइरहँदा पत्रिकासंग सहकार्य गरेर पोखरा महोत्सवमा साझेदारी गर्न पाउँदा खुसी लागेको वताए । समाधान दैनिकले पोखरामा बेग्लै पहिचान स्थापित गरी समाजमा रहेको विभिन्न घटना परिघटनालाई यथार्थरुपमा पाठकसामु पस्कन अग्रणी भूमिका खेलेको र आगमी दिनमा पनि यसलाई निरन्तरता दिन उनले आग्रह गरे । छैठौं पोखरा महोत्सव आगामी पुस ३० देखि माघ १० गतेसम्म पोखराको अमरसिंह चौरमा हुँदैछ ।












Post a Comment

 
Top