0
तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाले आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेको छ । हिजो सत्ता गठनबन्धनसँग भएको वार्ता विफल भएपछि बिहीबार संघीय समाजवादी फोरमको कार्यालयमा बसेको मोर्चाको संयुक्त बैठकले सो घोषणा गरेको हो । बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ, ‘मधेसी आदीवासी, जनजाती, थारु, मुस्लिम, दलितलगायत सीमान्तकृत समुदायले उठाएका मुद्दाहरुलाई वार्ताद्वारा सम्बोधन गर्न सरकार एबम् तीन दल गम्भीर नरहेको हुँदा चालू आन्द्योलनलाई झनै बढी सशक्तरुपले जारी राख्दे निर्णय गरियो ।’ मोर्चा सम्बद्ध चार दलका अध्यक्षहरुको हस्ताक्षर रहेको विज्ञप्तीमा आन्दोलन चर्काउन याताायात बजार कलकारखाना बन्द गर्नुको साथै सीमानाका र राजमार्ग अबरुद्ध गर्ने कार्यक्रमलाई प्रभावकारी बनाइने उल्लेख छ । यसैबीच मोर्चाले विद्यालय तथा क्याम्पसहरु लाई विहानको समयमा कक्षा सञ्चालन गर्ने गरि पठन पाठन सुचारु गर्ने दिने भएको छ । यसअघि मोर्चाले शैक्षिक संस्थाहरु समेत बन्द गराउँदा लाखौं विद्यार्थीहरु विद्यालय जानबाट वञ्चित हुँदै आएका थिए ।
 
यसैगरी भारतीय विदेश मन्त्रालयले भारतले नेपालमाथि कुनै नाकाबन्दी नगरेको बताउँदै नाकाबन्दी भारतले गरेको हो या होइन भन्ने बारेमा नेपाललाई सोध्न आग्रह गरेको छ । विदेश मन्त्रालयको नियमति पत्रकार सम्मेलनमा बिहिबार बोल्दै मन्त्रालयका प्रवक्ता विकास स्वरुपले सो कुरा बताएका हुन् । नेपाल सरकारले भारतलाई अघोषित नाकाबन्दी हटाउन आग्रह गरे पनि भारत मौन रहेको भन्दै पत्रकारले प्रश्न गरेपछि स्वरुपले भारतले कुनै नाकाबन्दी नगरेको कुरा दोहोराए । ‘समस्या नेपालभित्र रहेको छ । त्यसलाई त्यहाँका राजनीतिक दल तथा सरकारले आन्दोलनरत दलसँग वार्ता गरेर सुल्झाउनुपर्छ,’ उनले भने । स्वरुपले सरकारले तराई मधेशमा देखिएको समस्याको राजनीतिक समाधान गरे नेपालको समस्या समाधान हुने र तराईंमा शान्ति हुनका साथै सीमा क्षेत्रमा देखिएको समस्या समाधान हुने र आपूर्ति समस्या समाधान हुने कुरा राखे ।नेपालमा औषधिको अभाव देखिएको बारे स्वरुपले भारतीय पक्षबाट त्यसमा कुनै अवरोध नभएको बताए । ‘नेपाल–भारतबीच हुने दुई तिहाई व्यापार धान्ने रक्सौल नाका नेपाली पक्षबाट नै बन्द छ । नेपाल–भारतबीच रहेका १० नाकामध्ये ७ वटा खुला रहेको छ । जसमा पानी ट्यांकी र सुनौली नाका रहेका छन् । ती नाकाहरुबाट हरेक दिन ४०० देखि ८०० कार्गो ट्रकहरु नेपाल प्रवेश गरिरहेका छन् । ६ हजारभन्दा बढी ट्रकहरु नेपाल छिर्नका लागि सीमामा तयार बसिरहेका छन्,’ उनले भने ।
 
स्वरुपले नेपालमा देखिएको औषधिको अभावको बारेमा नजिकबाट नियाली रहेको बताउँदै आफूहरुले नेपाल सरकारलाई औषधि पनि रिरुटिङ गरेर लैजान सक्ने सन्देश पठाइसकेको बताए । ‘यसका लागि भारतले सहयोग गर्नेछ । त्यसको साथै हवाईमार्गबाट पनि औषधि लान सकिनेछ । औषधि व्यवसायीहरुलाई अवरोध नभएको नाका प्रयोग गर्न आग्रह गर्दछौं,’ उनले भने । मधेशी मोर्चाले औषधिलगायत स्वास्थ्य सम्बन्धि सामग्रीहरु बिराटनगर नाकाबाट लैजान दिने बताएको थियो ।


Post a Comment

 
Top