0
गोल्डेन न्यूज संवाददाता
तेल भर्ने समयमा पोखराको बृहस्पति आयल स्टोरमा विद्यार्थीमाथि भएको प्रहरी ज्यादतीको नेविसंघले आपत्ति जनाएको छ । इन्धन वितरण समुचित र व्यवस्थित बनाउने उद्देश्यले नेविसंघले पोखराका विभिन्न पेट्रोल पम्पमा विद्यार्थीहरु खटाएको थियो ।
 
जसअन्तर्गत नयाँबजारस्थित बृहस्पति आयलमा पेट्रोल पम्प संचालक स्वयंले लाइनमा पालो कुरेर बसेकाहरुलाई पछि पार्दै मनोमानी ढंगले चिनेजानेका र आफन्तलाई वितरण गरेको र त्यसको आपत्ति जनाउँदा प्रहरी हस्तक्षेप भएको नेविसंघका केन्द्रीय सदस्य सरोज केसीले बताए । उनका अनुसार प्रहरीबाट कुटपिटबाट ध्रुवबहादुर भट्टराई र सुमित क्षेत्रीलाई शरीरका विभिन्न भागमा चोट लागेको छ । कुटपिट गरी उल्टै उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पु¥याइएकोमा नेविसंघले कडा आपत्ति जनाएको उनले बताए ।
 
यसैगरी नेपाल विद्यार्थी संघ कास्कीले कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । भारतले गरेको आघोषित नाकाबन्दीका कारण सृजित अवस्थाले नागरिक ठूलो समस्यामा परेकाले नेविसंघ कास्की दुखित् भएको जनाएको छ । नेविसंघले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा भूकम्पको त्रास नागरिकमा अझै कायम रहेको अवस्थामा पनि नाकाबन्दीले झनै आक्रान्त बनाएकोले तत्काल यस समस्याको समाधान गर्न माग गरिएको छ । व्याप्त कालोबजारी र ग्यास इन्धनको सहज र न्यायिक  वितरण नभएकोमा प्रशासनको  ध्यानाकर्षण गराउँदै नेविसंघले यातायात व्यवसायीले समेत मनपरी भाडा उठाएर नागरिकलाई पीडामाथि पीडा दिएको भन्दै आपत्ति जनाएको छ । नेविसंघले विद्यार्थीहरु भविष्यका कर्णधार, वर्तमानका साझेदार भएकोले उनीहरुले शिक्षा आर्जन गर्न पाउनु मौलिक अधिकार भएपनि इन्धन अभावकै कारण विद्यार्थीले पढ्न नपाउनु दुःखद् भएको जनाएको छ ।


Post a Comment

 
Top