0
गोल्डेन न्यूज संवाददाता
सामुदायिक वन उपभोक्ता महासंघ कास्कीको आयोजनामा शुक्रवार समुदाय स्तरीय अनुकुलन योजना कार्यान्वयन अवलोकन भ्रमण सम्पन्न भएको छ । भ्रमण अन्तर्गत लमजुङको सुन्दरबजार नगरपालिका वडा नंं ८ स्थित ढोडेसिङ सामुदायिक वन उपभोक्ता समूह र तनहँुको जामुने ५ स्थित माउन्टेन तनहुँ सामुदायिक बेल तथा फलफुल प्रशोधन उद्योगका विभिन्न गतिबिधिको अध्ययन अवलोकन गरिएको छ ।
लमजुङमा भएको कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ लमजुङकी अध्यक्ष लोका अधिकारीले जिल्ला भर रहेका कुल तिन सय १८ वटा वन मध्ये तिन सय ६ वटा वन, सामुदायिक भइसकेको जानकारी दिँदै जिल्लामै ढोडेसिङ वन उदाहरणीय बनेको बताइन् । अधिकारीले व्यक्तिले कब्जा गरेको वन क्षेत्र फिर्ता गराउन सफल हुनु, सिकाई केन्द्र संचालन गर्नु, अनुकुलन योजना बनाएर लागु गर्नु, बार्षिक रुपमा वनक्षेत्रमा बृक्षारोपण गर्नु, वनक्षेत्रमा पोखरी निर्माण गर्नु लगायतका कार्य ढोडेसिङ वनका प्रशंसनीय रहेको पनि बताइन् ।
सामुदायिक वन उपभोक्ता महासंघ कास्कीका अध्यक्ष कालीदास सुवेदीले वनको सुशासन आंकलन, सम्पन्नता स्तरीकरण, वन विकास मार्गदर्शन, जलवायू परिवर्तन अनुकुलनका प्रयास लगायतका विषयमा विचार एवम् अनुभव आदानप्रदान गर्न आफूहरु लमजुङ पुगेको बताए । सामुदायिक वन उपभोक्ता महासंघ लमजुङका निवर्तमान अध्यक्ष खेम गुरुङले सामुदायिक वन उपभोक्ता समूहको काम, कर्तव्य र अधिकार माथि कार्यक्रममा चर्चा गर्दै उपभोक्ता समूहले वनको दिगो व्यवस्थापनमा जोड दिर्दै प्रयोग तर्फ ध्यान दिनुपर्ने बताए ।
सो अवसरमा ढोडेसिङ वनका अध्यक्ष बाबुराम केसी, पत्रकार हरी बास्तोला, पत्रकार श्रीभद्र पौडेल, वन समूहकी सचिव भवानी केसी लगायतले पनि आ–आफ्नो भनाइ राख्दै वनको सहि सदुपयोग हुनुपर्नेमा जोड दिएका थिए । यस्तै शुक्रवार तनहुँको जामुने ५ स्थित माउन्टेन तनहुँ सामुदायिक बेल तथा फलफुल प्रशोधन उद्योगमा भएको कार्यक्रममा बोल्दै उद्योग संयोजक विष्णुकुमार श्रेष्ठले वेलबाट उत्पादित जुसल उच्च रक्तचाप, मटुरोग, झाडा पखाला, आऊँ, ग्याष्टिक, कव्जियत, पाचन शक्तिमा सुधार, छालामा चमकता, मधुमेह रोगको उपचारमा सहयोग पु¥याउने जानकारी दिर्दै स्थानिय सिद्घबतासन, उमाचोक, भिरपानी, ज्याङट्याङ पधेरी, वरच्याङ र पोसेली गरी ६ वटा सामुदायिक वनको संयुक्त पहलमा प्रशोधन उद्योग स्थापना गरिएको बताए ।  प्रशोधन उद्योगका सचिव जगन पण्डितले प्राकृतिक रुपमा सामुदायिक वनमा भएको बेलको संरक्षण गरी आफूहरुले जुस उत्पादन गरिरहेको बताए ।
बेलको धार्मिक रुपमा पनि महत्व रहेको औल्याउदै सचिव पण्डितले समुदायको चार लाख ६० हजार र हरियो वन कार्यक्रमको रु. १२ लाखको लगानीबाट उद्योग स्थापना भएको जानकारी दिए । आफूहरुले उत्पादन गरेको वेलको जुस पोखरा, काठमाण्डौं लगायत स्थानीय बजारमा खपत हुर्दै आएको पनि उनले बताएका छन् । अन्य जुस भन्दा बेलको जुस निकै राम्रो रहेको उनले सो अवसरमा दाबी समेत गरेका छन् ।

Post a Comment

 
Top