0
गोल्डेन न्यूज संवाददाता
एचआईभी यौनरोग तथा अनिच्छित गर्भ रहनबाट बच्नका लागि कण्डम सम्बन्धी जनचेतना बढाउने र कण्डमको सहज उपलब्धतता र पँहुच बढाउने अभियानका साथ शनिवार पोखरामा पनि राष्ट्रिय कण्डम दिवस मनाइएको छ ।  परिवारको आकार सिमित गर्न यौनजन्य सङक्रमणहरु एचआइभी तथा यौनरोगबाट बच्न कण्डम प्रयोगको दोहोरो उपयोगिताबारे प्रचारप्रसार गर्नु पनि यो दिवसको उदेश्य हो । हरेक वर्ष विभिन्न नाराका साथ यो दिवस मनाउने गरिन्छ । यस वर्ष दोहोरो सुरक्षाका लागि कण्डमको पहँुच बढाऔं भन्ने नारा तय गरिएको थियो । कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका वरिष्ठ जनस्वास्थ्य प्रसाशक सागर घिमिरेले नेपालमा हाल ४० हजार ७ सय २३ जना एचआइभी सङ्क्रमित रहेको जानकारी दिदै विभिन्न सरुवा रोगबाट बच्नको लागि पनि कण्डमको सहि उपयोग गर्नुपर्नेमा जोड दिए ।
 
पश्चिमम क्षेत्र एचआइभी एड्स सञ्जालका सचिव दिलीप गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उप–निर्देशक खेमराज सापकोटा, एएचएफ की प्रतिनिधी विद्या खनाल, सामुदायीक कार्यकर्ता दिपकनाथ भण्डारी लगायतले कण्डम प्रयोगको महत्व बारे प्रकाश पारेका थिए ।
 
यसअघि मानवअधिकार चोकबाट शुरु भएको सचेतना मूलक ¥याली पोखरा वसपार्कमा आएर समापन गरिएको थियो । ¥यालीमा कण्डममा पहुँच बढाँऔं, प्रयोग गरेको कण्डम जथाभावी नफालौं, कण्डम छ त, सुरक्षित जीवन छ लगायतका नारा लेखिएका लेकाड लिएका थिए । सोहि अवसरमा आयोजित कण्डम फुटाउने प्रतियोगितमा रोशन पाठक प्रथम, विद्या राई द्वितीय भएका रेडक्रस कास्कीका कार्यक्रम अधिकृत देवनारायण पौडेलले गरेका थिए ।  कण्डमको दुरुपयोग होइन सहि उपयोगको महत्वबारे जानकारी दिने उदेश्यले नेपालमा वि.स. २०५२ साल देखि कण्डम दिवस मनाउन थालिएको हो ।
 
हरेक वर्ष यो दिवस हिन्दुहरुको महानपर्व विजयादशमीको कोजाग्रत पूर्णिमापछिको शनिवारका दिन मनाइने गरिन्छ । भारत, मलेसिया, जापान, चाइना लगायत देशका विभिन्न कम्पनीका कण्डम नेपालमा भित्रिएका छन् ।

Post a Comment

 
Top