0
गोल्डेन न्यूज संवाददाता
नेपालीहरुलाई दुःख दिने नियतले भारतले गरेको नाकावन्दी को विरुद्धमा पोखरेली खसी वोका सप्लायर्स तथा आयातकर्ताहरु भारतीय खसी वोका खरिद विक्री नगर्ने निश्कर्षमा पुगेका छन् । पोखरामा रहेको मासु जन्य व्यवसायी एवम् सरोकार वालाहरुको कार्तिक १३ गते वैठक वसेरै त्यस्तो निर्णय गरेपछि अव पोखरेली व्यापारी र उपभोक्ताले भारतीय खसी वोका वहिस्कार गर्ने पक्का भएको हो । भारत सरकारले नेपालमाथी अघोषित नाकावन्दी लगाएर पेट्रोलियम पदार्थ लगायत अत्यावस्यक र महत्वपूर्ण सामाग्री नेपाल पठाउन व्यापाक कटौती गरेपछि आफूहरुले भारतीय खसी वोका आयात नगर्ने निश्कर्षमा पुग्न वाध्य भएको पोखरा खसी वोका व्यवसायी समितिका अध्यक्ष ज्ञानवहादुर श्रेष्ठले वताए ।
 
पोखरामा खसी वोका आयात तथा सप्लाई गर्दै आएका सितलादेवी खसी वोका सप्लायर्सका सञ्चालक गोकर्ण भण्डारी नेपालमै उत्पादन वढाउन र खसीवोका वजारलाई आत्मनिर्भर वनाउने उद्देश्यले गरिएको निर्णय कार्यान्वयन गराउन आफूले भारतीय वजारको खसी वोका खरिद विक्री वन्द गरेको वताउँछन् । उनले भने “पोखरामा सुर्खेत, धनगडी, वर्दिया, दाङ वाट ल्याइएका खसी वोकाले धान्न सक्छ ।” कास्की खसी तथा कुखुरा मासु व्यवसायी समितिका अध्यक्ष भोलानाथ ओझा भारतीय खसी वोकाको मासुमा फाइदा केही वढि हुने भए पनि आफ्नै मुलुकका किसानलाई टेवा दिन र राष्ट्रियता को प्रश्न उठेकोले भारतीय खसीवोका विक्री नगर्ने निचोडमा पुगेको दावी गर्छन् । भारतले गरेको नाकावन्दीवाट नेपाली नागरिकहरुले पाठ सिक्दै जानु लाई सकारात्मक रुपमा हेरिएको छ । कुहिएको फल फूल तरकारी लगायत सड्ने गल्ने माल वस्तु सहजै जाँचपास गरेर नेपाल पठाउने तर अत्यावश्यक चिज वस्तु पठाउने कडाइ गर्न थाले पछि नेपालको अर्थ व्यवस्थामै नकारात्मक प्रभाव परेको छ । यसलाई आम नेपाली नागरिक र व्यवसायीहरुले राष्ट्रियताको सवालसँग जोडेर हेर्नु पर्ने अवस्था सिर्जना गरेको छ । मासु जन्य व्यवसायलाई आत्म निर्भर तुल्याउन सरकारले प्रोत्साहन नीति ल्याउन जरुरी छ । जिल्ला पशुसेवा कार्यालय कास्कीका प्राविधिक फडिन्द्र ढकाल ले पाठा पाठी उत्पादन वढाउन स्त्री चौपायलाई मासुमा प्रयोग नगर्न व्यवसायीलाई निर्देशन दिइएको वताए । ढकालले भने “पाठी र वाख्रीहरु मासुको लागि प्रयोगमा रोक लगाउन सकियो भने मासुको लागि नेपाल आत्म निर्भर वन्न सक्छ ।

Post a Comment

 
Top