0
कात्तिक ३० गते, नेपालमा रेडियो प्रसारण शुभारम्भ भएको दिन । विक्रम सम्वत् २०५२ सालमा यसै दिन नेपालमा एफ.एम. बजेको थियो । यसको सुरु गर्ने श्रेय रेडियो नेपाललाई जान्छ । आफ्नो एफ.एम. प्रसारणको ४५ वर्ष पछि उसले हतार नै सहि एफ.एम. सुरु गरेको थियो । हतारमा यस अर्थ कि एफ.एम. प्रसारणको अध्ययन र गृहकार्य वातावरण पत्रकार समूहले गर्दै थियो । उसले लामो समय देखि लाइसेन्स प्राप्तिका लागि सूचना तथा सञ्चार मन्त्रालयमा ताकेता गरिरहेको थियो । तर विभिन्न वहानामा झुलाई रहेको सरकारले आफ्नै मातहतको रेडियो नेपाललाई भने बिना निवेदन र गृहकार्य प्रसारण अनुमति दिएको थियो, भनिन्छ । खैर जे होस्, आज भन्दा बीस वर्ष अघि रेडियो नेपालले एफ.एम. काठमाडौं १०० मेगाहर्जको नाममा एफ.एम.को नयाँ स्वाद पस्केको हो । यो स्वाद नेपालमा मात्र हैन कि दक्षिण एशियामै सर्वथा नयाँ थियो किनकि दक्षिण एशियामै यो प्रविधि पहिलो पटक नेपालमा प्रसारणमा आएको थियो ।
यसरी ससर्ति हेर्दा नेपाललमा एफ.एम. प्रसारण भएको ठ्याक्कै २० वर्ष पुगेछ । यो बीस वर्षमा हामीले के उपलब्धि हासिल गर्रुयौं त ? एक पटक समीक्षा गर्नेपर्ने बेला आएको छ । सामान्यतयाः स्थानिय रेडियो भनिने एफ.एम. रेडियो जनचेतना जगाउन, लोकतन्त्रलाई संस्थागत गर्न, जनमत बनाउन र सामाजिक अभियान चलाउन लोकप्रिय छ ।
पृष्ठभूमि  ः बहुदलीय लोकतान्त्रिक व्यवस्थाको पुनस्र्थापनापछि सरकारले वि.सं. २०४९ सालमा राष्ट्रिय सञ्चार नीति तयार पार्रुयो । यो नीतिमा नीजि क्षेत्रको पनि सहभागिता रहने बुँदा मुस्किलले परेको थियो । सञ्चार नीति आए लगत्तै सरकार भन्दाबाहिर रहेर रेडियो प्रसारण गर्न वि.सं. २०४९ कात्तिक ७ गते नेपाल वातावरण पत्रकार समूहले सूचना तथा सञ्चार मन्त्रालयमा निवेदन दियो तर, निवेदनमाथि लामो समयसम्म कुनै कारवाही भएन । नेपाल वातावरण पत्रकार समूहले प्रयास जारी राख्यो ।
यहिबीचमा नेपाल वातावरण पत्रकार समूहले एफ.एम. रेडियो चलाउनेबारे युनेस्कोसँग कुराकानी गर्रुयो । युनेस्कोले समूहको यो प्रस्तावलाई सहयोग गर्ने रुची देखायो । यसरी युनेस्कोको प्राविधिक टोलीले रेडियो सगरमाथा परियोजनाका लागि प्राविधिक प्रस्ताव तयार गरिदियो । एफ.एम. प्रसारण भएको झण्डै २० दिन पछि २०५२ मंसिर १९ गते रेडियो नेपालले इजाजतका लागि निवेदन दियो । माघ २८ गते मात्र सूचना तथा सञ्चार मन्त्रालयले रेडियो नेपाल एफ.एम. काठमाडौंलाई प्रसारण इजाजत दियो । यसरी नेपालकै पहिलो प्रसारणले अवैधानिक र दादागिरी प्रसारणको झण्डै ३ महिना पछि वैधानिकता पायो । भनिन्छ, रेडियो नेपालको आर्थिक घाटा पूर्ति गर्न र प्रसारण माध्यममा सरकारी एकाधिकार कायमै राख्न रेडियो नेपाल र सञ्चार मन्त्रालयले यसो गरेको थियो ।
उसो त रेडियो सगरमाथाले पनि २०५२ साल चैत्र १८ गते कालधाराबाट इजाजतबिना नै १०२ मेगाहर्ज वाट रेडियो तरंग फालेको थियो । यो प्रयोजनको लागि बेलायतबाट कम्पनिकै इन्जिनियर मार्टिन एलार्ड आएका थिए । ने.वा.प.स.ले तीन वर्षदेखि लगातार प्रयत्न गर्दा पनि सरकारले अनुमति नदिएकाले वैधानिक विद्रोह गरेको जिकिर गर्रुयो । अन्ततः २०५४ जेठ ५ गते रेडियो सगरमाथाले इजाजत पायो र जेठ ९ गतेबाट विधिवत् सञ्चालन गर्रुयो । यसरी रेडियो सगरमाथा गैरसरकारी क्षेत्रबाट रेडियो चलाउने दक्षिण एशियाकै पहिलो प्रसारण संस्था बन्यो ।
 रेडियोको वर्गिकरण ः रेडियोको अन्तराष्ट्रिय अभ्यास हेर्ने हो भने सामान्यतयाः सार्वजनिक, सामुदायिक र व्यापारिक प्रसारण भनी तीनखाले प्रसारण प्रणाली लागू गरेको पाइन्छ । तर हाम्रो देशमा भने कुनै पनि ऐन कानुनने रेडियोहरुको वर्गिकरण गरेको पाइदैन । यहाँ आफूले आफैलाई सामुदायिक, व्यापारिक एफ.एम. भनि ट्याग झुण्डाइए पनि सूचना तथा सञ्चार मन्त्रालयले भने त्यो ट्याग वैधानिक रुपमा चिन्दैन । व्यवहारमा भने संघ–संथा दर्ता ऐन, सरकारी ऐन अन्तरगत दर्ता भएका संस्था तथा शैक्षिक प्रतिष्ठान र स्थानिय सरकारले चलाएको गैरनाफामुलक रेडियोलाई सामुदायिक रेडियो भन्ने गरिएको छ । कम्पनि ऐन अन्तरगत रहेकालाई व्यावसायिक रेडियोको दर्जा दिने गरिएको छ ।
प्रसारणमा आएका अधिकांश एफ.एम.का कार्यक्रम सुन्ने हो भने सामुदायिक र व्यापारिक दुवैखाले रेडियोले एकैखाले कार्यक्रम प्रस्तुत गरेको पाइन्छ । लाइसेन्स लिने प्रक्रिया, तिर्नु पर्ने रोयल्टी, कर
(प्रसारण क्षमता, वाटका आधारमा) दुवै प्रकृतिका रेडियोको एउटै छ । यस मुद्दालाई सामुदायिक रेडियोको छाता संस्था ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल (बान) ले बेला–बेला उठाए पनि निर्णायक भने बनाउन सकेका छैनन् ।
एफ.एम.को विस्तार ः २०५२ कात्तिक ३० गते शुरु भएको पहिलो एफ.एम. रेडियो नेपाल एफ.एम. काठमाडौं १०० मेगाहर्ज सोही सालको पुष १६ गते व्यापारिक प्रसारण प्रयोजनका लागि नीजि कम्पनीहरुलाई भाडामा प्रसारण समय उपलबध गराउन शुरु गर्रुयो । त्यहि सिलसिलामा इमेज एफ.एम. (केएटिएच), कान्तिपुर एफ.एम., हिट्स एफ.एम., क्लासिक एफ.एम., गुडनाइट एफ.एम. प्रसारण दुनियाँमा जाडिन आइपुग्यो । कालान्तरमा समय किनेर कार्यक्रम प्रसारण गर्ने तिनै कम्पनीहरुले आ–आफ्नै नाममा छुटै एमएम सञ्चालनमा ल्याए । लामो समयसम्म काठमाडौं उपत्यकामा मात्र प्रसारित हुदै आएको एफ.एम. रेडियोले विस्तारै मोफसलमा प्रवेश पायो । काठमाडौं बाहिर पनि महत्वपूर्ण सहरहरुमा एफ.एम. स्टेशन खुल्न थाले । यो क्रममा पाल्पामा मदनपोखरा, पोखरामा रेडियो अन्नपूर्ण, माछापुच्छे्र, हेटौडामा मनकामना, बुटवलमा बुटवल एफ.एम., नारायणगढमा कालिका, सिनर्जी, विराटनगरमा काशी एफ.एम.ले आफ्नो छुट्टै पहिचान स्थापित गर्दै आफ्नो ध्वनि तरंग मोफसलको क्षितिजमा गुञ्जाए । आज करिब ६५० एफ.एम. रेडियोले अनुमति लिएका छन् र ५०० एफ.एम. प्रसारणमा छन् । यतिको ठूलो संख्या हुँदा पनि एफ.एम.ले आफ्नो छुट्टै अस्तित्व निर्माण गर्न सकेका छैनन् । एफ.एम.प्रति चासो राख्ने बुज्रुकहरु भन्छन्, ‘एफ.एम.ले दिन प्रतिदिन आफ्नो प्रभावको ग्लामर्स घटाउँदै गएको छ ।’
एफ.एम. रेडियोको इतिहास
रेडियो प्रणालीमा एएम (एम्प्लिच्युट मोडुलेसन) र एफ.एम. (फ्रिक्वेन्सी मोडुलेसन) गरी २ प्रकारका प्रसारण विधि छन् । यी दुवै विधि रेडियो स्टेशनबाट फ्याँकिएको, साउण्ड वेभलाई रेडियो सेटसम्म पु¥याउने प्रविधि हुन् । एफ.एम., साउण्ड वेभलाई रेडियो सेटसम्म पुर्रुयाउने त्यस्तो विधि हो जसले रेडियो तरंगको शक्तिलाई यथावत् राखेर त्यसको आवृत्तिलाई मात्र बदलिदिन्छ । भनिन्छ, यो ‘प्रकाशको वेभ’ जस्तै सिधा मात्र प्रसारण हुने गर्दछ । यसलाई वातावरणीय, औद्योगिक र विद्युतीय बाधा अवरोधले त्यति असर नगर्ने भएकाले एफ.एम.मा गुणस्तरीय आवाज सुन्न पाइन्छ ।
यो एएम (सर्ट वेभ र मिडियम वेभमार्फत) प्रसारणमा जस्तो टाढा–टाढा पु¥याउन नसकिने हुनाले एफ.एम. सानो रेडियसभित्रको क्षेत्रमा गुणस्तरीय सेवा प्रसारण गर्न उपयोगी मानिन्छ । त्यसै हुनाले यसलाई ‘स्थानीय रेडियो’ भनिएको हो । एफ.एम. रेडियोको विकास मार्कोनीले सन् १८९५ मा सफलतापूर्वक रेडियो परीक्षण गरेको ३८ वर्षपछि सन् १९३४ मा (तीसको दशकमा) भएको हो । अमेरिकाको कोलम्बिया विश्वविद्यालयका इलेक्ट्रिकलन इन्जिनियर प्रा. एड्विन होवार्ड आर्मस्ट्रङ्गले यस प्रविधिको विकास गरेका हुन् । तीसको दशकमा आविस्कार भई ४० को दशक (दोश्रो विश्वयुद्धताका) मा विकास भए पनि एफ.एम. प्रविधिले व्यावसायिकता ग्रहण गर्न भने लामै समय कुर्नुपरेको थियो । भनिन्छ, यो ढिलाइको प्रमुख कारण सुरुका वर्षहरूमा एएम रेडियोका सञ्चालक र एफ.एम. रेडियोका प्रवद्र्धकहरूबीच चलेको कठोर व्यावसायिक द्वन्द्व थियो । त्यसबेलाका अधिकांश रेडियो सञ्चालक एफ.एम.लाई एएमको ‘झड्केलो भाइ’ ठान्थे । एएम प्रसारकहरूले एफ.एम. रेडियोको विकासकालागि अनुकूल वातावरण बन्न नदिइरहेका बेला रेडियो कर्पोरेसन अफ अमेरिका (आरसिए) ले यो प्रविधिलाई टिभीमा प्रयोग ग¥यो तर आर्मस्ट्रङ्गलाई रोयल्टी भने दिएन । लामो समयसम्म उनी प्याटेन्ट राइटकै मुद्दामा अल्झिए र त्यसकै कारण निराश, थकित र रोगी बनेका उनले सन् १९५४ मा आत्महत्या गरे । यसरी एक प्रविधि आविष्कारकको दुःखद अन्त्य हुन पुग्यो ।
आर्मस्ट्रङ्गको मृत्युपछि पनि यो मुद्दा सकिएन । केही वर्ष सुस्त गतिमै बढिरह्यो । अमेरिकाको फेडरल कमिसन् अफ कम्युनिकेशन (एफसिसि) ले सन् १९६१ मा स्टेरियो ध्वनि प्रसारण गर्ने अनुमति प्रदान गर्रुयो । यसपछि मात्र यसको विकास सम्भव भयो । सन् १९७० को दशकको अन्त्यतिर आइपुग्दा एफ.एम. रेडियोले एएम रेडियोलाई पनि उछिन्यो । यो क्रम अहिलेसम्म पनि जारी छ ।
यस्तै प्रकारको व्यावसायिक द्वन्द्व नेपालमा पनि चल्यो । वि.सं. २०४६ सालको जनआन्दोलन र त्यसले दिएको राजनीतिक परिवर्तनपछि नेपालमा पनि सरकारी पक्षबाट एफ.एम. व्याण्डमा अंकुश लगाउने काम भइरह्यो । वि.सं. २०४९ सालमा राष्ट्रिय सञ्चार नीति र प्रसारण ऐन आए पनि नियमावलीले प्रष्ट नबोलेकोले एफ.एम. प्रविधिका अभियन्ताहरू र सरकारबीच जुहारी चलिरह्यो । जसरी अमेरिकामा पुरानो प्रविधि एएमले नयाँ प्रविधि एफ.एम.लाई ठाउँ छोड्न चाहेको थिएन, त्यस्तै यहाँ पनि सरकारी पक्ष रेडियो प्रसारणमा कायम आफ्नो एकलौटी नियन्त्रण (एकाधिकार) छोड्न चाहँदैनथ्यो । त्यसैको नतिजा हो स्वतन्त्र रेडियोको प्रसारणका लागि मरिमेटेर प्रयास भइरहेकै बेला रेडियो नेपालले वि.सं. २०५२ साल कात्तिक ३० गते सरकारबाट, इजाजत नै नलिई हतारमा १०० मेगाहर्जमा ‘रेडियो नेपाल एफ.एम. काठमाण्डौ’ नामले ‘नेपांग्रेजी’ शैलीमा मनोरञ्जनात्मक कार्यक्रम सुरु गर्यो । एफ.एम.ले भाषा बिगार्रुयो भन्ने आरोप त्यहीबाट शुरु भयो र अहिलेसम्म पनि त्यो आरोपले पिछा छोडेको छैन ।
एफ.एम. रेडियोका भोलिका सम्भावना र चुनौती ः मुलुकको संव्रmमणकालसँगै एफ.एम.को पनि संक्रमणकाल सुरु भएको छ । स्टेरियो साउण्ड, तत्क्षणता र स्थानीयका कारण ‘लोकल रेडियो’ को रूपमा लोकप्रिय एफ.एम. रेडियोहरू यही अवस्था रहिरहे भोलि धरासयी हुने खतरा छ । ‘आवाजविहीन जनताको आवाज’ भनिने सञ्चार माध्यम, देशका दुरदराजका गाउँ–गाउँका जनताको पहुँचमा रहेको यो माध्यम, सञ्चालकहरूको गैरजिम्मेवारी, राज्यको नीतिगत अस्पष्टता, सूचना तथा सञ्चार मन्त्रालयको उदासिनता र अन्तरवस्तु
(कन्टेन्ट)मा केन्द्रको हस्तक्षेप
(नेटवर्किङ्ग रेडियो) का कारण दिनप्रतिदिन खस्कँदो अवस्थाबाट गुज्रिरहेको छ ।
मुख्य चुनौतीहरू ः देशभरि चलेका अधिकांश रेडियोहरू व्यावसायिक छैनन् भनियो भने सायद अतिशयोक्ति हुँदैन होला । यहाँ कुनै पनि प्रोमोटर्स (लगानीकर्ता) को पहिलो व्यवसाय रेडियो भएन र छैन पनि । विभिन्न पेशा, व्यवसाय र क्षेत्र (राजनीति, धर्म) मा लागेकाले आफ्नो ‘भेस्टेड इन्टरेस्ट’ पूरा गर्न रेडियोलाई आवरण (ढाल) बनाएको इन्टरफेस नेपालका कार्यकारी निर्देशक दिलभुषण पाठकको ठम्याई छ । रेडियो स्थापना गरेर ‘भिजिटिङ्ग कार्ड’ प्रयोग गर्नु शिवाय अधिकांशसँग न त दिगो सञ्चालनको रणनीति हुन्छ न त दैनन्दिनी सञ्चालनको जिम्मेवारी बोध । यहाँ अमूक राजनीतिक पार्टीको नेतारकार्यकर्ताहरू मिलेर आफ्नो पार्टी र राजनीतिक जीवनलाई फाइदा पु¥याउन एफ.एम. खोल्ने गरेका छन् । यस्तो अवस्था विभिन्न जिल्लामा प्रष्टै देखिन्छन् । परिस्थिति यस्तो छ कि जिल्लामा यो कांग्रेसको, त्यो एमालेको, अनि उ त्यो चाहि एमाओवादीको र कहीँकहीँ त राजावादी (?) को भनेर औँला नै उठाएर ‘इन्डिकेट’ गर्ने अवस्था छ । अनि यस्तो अवस्थामा, सिद्धान्ततः ‘स्वतन्त्र रेडियो’ भनिए पनि व्यवहारमा ‘स्वतन्त्र र तटस्थ’ रहन सक्ने अवस्था छैन । झण्डै ५०५ को हाराहारीमा यस्तो सङ्खया रहेको दाबी गरिन्छ । त्यतिमात्र हैन धर्म प्रचार गर्ने उद्देश्यले पनि केही संघसंस्थाले एफ.एम. सञ्चालन गरेका छन् । यो अर्को खतरनाक ‘विषय’ हो ।
काठमाडौंमा उत्पादित कार्यक्रम (रेकर्ड वा लाइभ) ‘नेटवर्क’ को नाममा देशभरी प्रसारण गर्ने संस्कृति (?) छ । यो संस्कृतिको राम्रो पक्ष के हो भने कम लगानीमा केन्द्रको समाचार, म्यागेजिन कार्यक्रम राम्रो प्रस्तुति क्वालिटीमा सुन्न त पाइन्छ तर यसले ‘कन्टेन्ट सेलेक्सन’ मा केन्द्रको प्रभाव बढाइरहेको छ । देशका अधिकांश रेडियोहरूमा बिहान वा रातिको ‘प्राइम टाइम’ मा यो वा त्यो नेटवर्कको समाचार वा समाचारमूलक कार्यक्रम बजाउँदा ‘स्थानीय’ रेडियोहरू रिले स्टेशन मात्र बनिरहेका छन् । त्यस्तो रेडियोहरूमा ‘स्थानीयता’ र मौलिकताको सुगन्ध लोपोन्मुख हुँदैछन् भने एफ.एम. रेडियोलाई स्थानीय तवरमै ‘सवलीकरण’ गर्दै लैजानु पर्नेमा ‘दुर्वलीकरण’ गर्दै लगेको छ । यसले आत्मनिर्भरता हैन परनिर्भरता बढाउँदैछ । स्थानीय रेडियो ‘सबल’ भए मात्रै लोकतन्त्ररगणतन्त्रको विकास हुन्छ भन्ने खै त हामीले बुझेको ?
शैक्षिक चेतनामूलक कार्यक्रमहरू पनि काठमाडौंमै एउटा प्रोडक्सन हाउस वा कम्पनीले उत्पादन गर्छ र देशभरि बजाउँछ । सर्सर्ती सुन्दा त्यस्ता कार्यक्रम हरूमा ‘अमुक’ अन्तर्रा्ष्ट्रियरराष्ट्रिय गैरसरकारी संस्थागत एजेण्डाहरू हुन्छन् र त्यो ‘बिना सम्पादन’ देशभरिका श्रोताकोमा पुग्छ । रेडियोले ‘पब्लिक ओपिनियन’ बनाउन सघाउँछ भन्ने मान्ने हो भने यो भन्दा ठूलो खतरा के हुन सक्ला त ? नेपालमा ठूलो संख्यामा गैरसरकारी संस्थाहरूले एफ.एम. रेडियोहरू सञ्चालन गरेका छन् । ती संस्थाहरू कुनै न कुनै गैरसरकारी संस्थाको स्थानीय पार्टनर अर्गनाइजेशन हुन् । यस्तो अवस्थामा उनीहरूको निहित स्वार्थप्रेरित एजेण्डाको खुल्ला प्रवेश र हस्तक्षेपलाई कसरी रोक्न सकिएला र ? एकचोटी मनन गर्नै पर्छ । एउटै सहरमा हामीकहाँ दर्जनौ एफ.एम. छ । के ति सबै एफ.एम. धानिन सक्छन् ? लाइसेन्स दिने सूचना तथा सञ्चार मन्त्रालयसँग कुनै नीतिगत मापदण्ड नभएको मिडिया अनुसन्धानदाता शेखर पराजुली ठान्नुहुन्छ । पहुँच, राजनीतिक प्रभाव, आर्थिक चलखेल (?) र हचुवाको भरमा लाइसेन्स वितरण गर्ने गरेको आरोप नयाँ हैन, पुरानै हो । आखिर किन ‘थोक’ मा लाइसेन्स वितरण भइरहेको छ त ? पक्कै केही स्वार्थ छ । यहाँ दिनेले पनि दिइरहेका छन्, खोल्नेले पनि विना सम्भाव्यता अध्ययन भटाभट खोलिरहेका छन् । खोल्ने र दिनेको बीच दुवैको स्वार्थ छन् । सञ्चार मन्त्री परिवर्तन हुना साथ ह्वात्तै लाइसेन्स बाँडिन्छ, ब्रोडकास्टिङ्ग एसोसियसन अफ नेपाल (बान) का संस्थापक अध्यक्ष शिवलाल मल्ल भन्नुहुन्छ, ‘आफ्नो पार्टीको नेता कार्यकर्तालाई दिने प्रवृत्ति बढ्दो छ ।’
आखिर किन खुलिरहेका छन् त ?
कारण धेरै हुनसक्छन् जस्तो मिडिया ग्लामर्स । सामाजिक पहिचान । मान सम्मान । भिजिटिङ्ग कार्डको पहुँच । आसन र भाषणको अवसर । पछिल्लो समयमा सीमित मान्छेले विभिन्न कारोबारबाट प्रशस्त पैसा कमाए । महँगो गाडी चढे पनि सायद ‘सामाजिक छवि’ भने बन्न सकेन । त्यसैले त्यो पहिचान बनाउने चाहने केहीले मिडियालाई सजिलो ‘उद्यम’ देखे ।
निष्कर्ष ः
भनेजति गर्न नसकिए पनि केही एफएम. ले भने हरेक शहरमा आफूले सकेजति गरि नै रहेका छन् । १०, १२ वटा एफएम. भएका ठाउँमा नाम लिन मिल्ने २र३ वटा पक्कै छन् । तर यतिको संख्यामा रहेका एफएम. हरुले जति गर्न सक्नु पर्थ्यो त्यति भने गर्न सकेका छैनन् । अधिकांश एफएम. ले आफ्नो स्थापनाको औचित्य पनि प्रमाणित गर्न सकेका छैनन् । लाग्छ उनीहरु कहिँ कतै अल्मलिई रहेका छन् वा कम्पास हराएको जहाजको जस्तो अवस्थामा छन् । भनिन्छ कहाँ पुग्ने भन्ने लक्ष्य छैन भने जुन बाटो हिँडे पनि भो, जे गरे पनि पनि भो । खोल्नेले पनि किन खोल्दैछु सोधौं । दिनेले पनि कतिवटा कहाँ किन दिने सोचौं, काम गर्नेले पनि किन एफएममै के का लागि काम गर्ने आफैँलाई सोधौं । रेडियो खोल्नु र त्यसकोकर्मी हुनु भनेको सौख र रहरमात्रै पक्कै होइन नयाँ संचार नाीतिले यसलाई सम्बोधन गर्न सकोस् । ईड्वार्ड आर मुर्रो फेलोसिप मा अमेरिकी दुतावास काठमाडौंबाट मनोनित भई अमेरिका जाँदा एउटा सेसनमा चर्चित वाटरगेट काण्डका एक सम्वाददाता तथा वासिंगटन पोस्टका सह(सम्पादक बब उडवार्ड पटक(पटक भन्दै थिए, मालिक र सम्पादन मण्डलबीचको लय मिलेन भने मिडिया टिक्न सक्दैन । मिडिया विजनेस हैन पब्लिक सर्भिस हो, यो कुरा हामीले कहिले बुझ्ने त ? मिडिया भनेको शक्ति हो यसको दुरुपयोग भयो भने समाज र देश दुर्घ्टित हुन्छ, सदुपयोग भयो भने समजमा सकारात्मक रुपान्तरण आउँछ ।
व्यावसाकियताको अपेक्षा प्रोमोटर्सहरूबाट मात्र गरेर पनि रेडियो राम्रो बन्न सक्दैन । रेडियोमा काम गर्ने पत्रकारहरूले नि ‘सि.सि. जर्ना्लिज्म’ (कार्बन कपी जर्ना्लिज्म) गर्नुभएन, रेडियो प्रस्तोताले पनि सुन्दैनसुनि अल्छी लाग्दो तरिकाले गीत बजाउनु भएन, अन्तर्वार्ताकारले पनि असान्दर्भिक विषयमा चिनेजानेका मान्छेको झिजो लाग्दो अन्तर्वार्ता सुनाउन भएन, मार्के्टिङकाले पनि मार्के्टिङको नाममा डेटिङ्ग जानु भएन र समाचार बाचकले पनि फोर पि (पज, पेस, प्रनन्सिएसन, पिच) को ख्याल नगरी ‘कन्दै’ समाचार पढ्नु भएन । यतिमात्र सुधार गर्ने हो भने ‘हाम्रो रेडियो, राम्रो रेडियो’ बन्छ र समाज रूपान्तरको एउटा राम्रो टुल्स बन्छ भन्ने हामी सबैलाई चेतना भया । जय होस् !
(लेखक ः रेडियो अन्नपूर्णका कार्यकारी अधिकृत हुनुहुन्छ ।)





Post a Comment

 
Top