0
गोल्डेन न्यूज संवाददाता
पुर्व प्रधानमन्त्री  डा. बाबुराम भट्टराईले चलाएको नयाँ शक्ति निर्माणको अभियानमा देशका बिभिन्न भागमाजस्तै कास्कीमा पनि सहभागिता बढेको छ । बिहीबार कास्कीमा भएको कार्यक्रमा एमाओवादी निटकको विद्यार्थी संगठन लगायतका अन्य बिभिन्न बिद्यार्थी सँगठनहरु परित्याग गरि ७५ जना बिद्यार्थीहरु नयाँ शक्ति अभियानमा लामबद्ध भएको अखिल
 
(क्रान्तिकारी)का पूर्व केन्द्रिय सदस्य दिनेश पौडेलले बताएका छन् । नयाँ शक्ति अभियानमा लामबद्ध भएको घोषणासँगै उनीहरुले जारी गरेको विज्ञप्तिमा–‘परम्परागत रुपमा रहेका संगठन र सांगठानिक संरचना, संस्कार, संस्कृति, सोच र विचारले समग्र राष्ट्रको हित हुन नसक्ने ठहर गर्दै पुरानो संगठन औपचारिक रुपमा परित्याग गरि नयाँ सोच र विचार, नयाँ राजनीतिक संस्कार र संरचना सहितको नयाँ शक्ति निर्माणको अभियानमा समाहित हुने घोषणा गर्दछौँ । ‘नयाँ शक्तिमा अभियानमा लामबद्ध हुनेहरुमा अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्यहरु दिनेश पौडेल, नेत्र चापागाई, सन्तोष आचार्य, अखिल
 
(क्रान्तिकारी) सिटिईभिटी जिल्लाका अध्यक्ष सरोज गौतम, उपाध्याक्ष सञ्जय लामिछाने, सचिव सन्तोष बाँस्तोला, छात्रा विभाग प्रमुख रञ्जना घिमिरे, अखिल क्रान्तिकारी कास्कीका जिल्ला उपाध्यक्षहरु छविराज अधिकारी, सुनिल पौडेल, अखिल क्रान्तिकारी पिएन क्याम्पस जिल्लाका उपाध्यक्ष रेशम सापकोटा, जनस्वयंसेबकका अध्यक्ष अमृत खत्री, सचिव आविष्कार सुवेदी ‘आकाश’, कृष्ण अधिकारी, विमल लामिछाने, पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पसका ईन्चार्ज साधुराम लामिछाने लगायत ७५ जना विद्यार्थीहरुले विभिन्न विद्याथी संघ संगठनहरु र स्वतन्त्र रहेका गरि अभियानमा लामबद्ध भएका हुन् ।



Post a Comment

 
Top