0
पोखरा–सरहरमा अन्य रोजगारी नपाएका कारण यौनकर्ममा लाग्नु पर्ने वाध्यता भएको भन्दै पोखराका यौनकर्मी महिलाहरुले श्रमिक अधिकार माग गरेका छन् । भर्खरै जारी भएको नेपालको संविधान २०७२ मा मौलिक हकको रुपमा श्रमिक हक स्थापना गरिएपछि उनीहरुले स्वतन्त्र रुपमा यौन व्यवसाय गर्न पाउनु पर्ने माग गरेका हुन् । महिला उत्थान तथा जागरण केन्द्र पोखराले झण्डै छ महिना लगाएर यौनकर्मी महिलाका समस्याका वारेमा सोध पुछ गरेको प्रतिवेदनमाथि वुधवार पोखरामा सरोकारवालावीच छलफल चलाएको थियो । भेटका क्रममा ती महिलाहरुले रहरै रहरमा कलिलो अवस्थामा सहरमा पस्दा वाध्यताले पेशा अँगलेको, केहीले आफन्तले फँसाएको त केहीले स्वइच्छाले पेशा अगाल्न वाध्य भएको वताएका छन् । ‘सामान्यदेखि उच्च घरानका युवतिहरु पनि यो पेशामा संलग्न रहेको पाईयो, उनीहरु पेशा प्रति सन्तुष्ट पनि देखिए’, संस्थाकी सचिव चमेली परियारले भनिन् । उनले पोखरामा नपत्याउँदो हिसावले मानव वेचविखन हुने गरेको समेत वताएकी छिन् । यौन कर्ममा लागेकाहरु पेशामा सन्तुष्ट भएपनि विकल्पको कमाई भए सो पेशा त्याग्न तयार भएको समेत उनले जानकारी गराईन् । पोखरामा करिव १ हजार महिलाहरु यौन व्यवसायमा संलग्न रहँदै आएको विभिन्न गैससका तथ्याङकले दावी गरेपनि यसवारे गहन अध्यन भने भएको छैन ।

Post a Comment

 
Top