0
गोल्डेन न्यूज संवाददाता
ढिकुरपोखरी समाज बचत तथा ऋण सहकारी संस्था, पोखराको दोश्रो अधिबेशन तथा चौथो साधारणसभाबाट वर्तमान सचिव ईन्द्र पौडेल आगामी ३ बर्षका लागि सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका छन । समितिको उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्षमा क्रमशः लालबहादुर कुँवर, गौतम पौडेल, टंकराज अधिकारी र मनपति अधिकारी रहेका छन भने सदस्यहरुमा लक्ष्मी अधिकारी, बिष्णु अधिकारी, रामेश्वर पौडेल, गणेश अधिकारी, शारदा पौडेल, बाबुराम भण्डारी निर्वाचित भएका छन । त्यसै गरि लेखा समिति संयोजकमा टिकाराम अधिकारी सदस्यहरुमा डिल्लीराम पौडेल र सोमनाथ पौडेल निर्वाचित भएको निर्वाचन अधिकृत युवराज अधिकारीले जानकारी दिए । यसअघि साधारणसभाकोे उद्घाटन गदैै प्रमुख अतिथि जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रवीरमण तिवारीले अझै पनि सरकारले सहकारी प्रति गर्ने ब्यवहार फरक रहेको बताउदै सहकारीबाट लिईने करको दायरा घटाउनु पर्ने बताए । उहाँले लगानी मैत्रि वातावरणबाट सहकारीले उत्पादनशिल क्षेत्रमा लगानि गर्नु पर्ने समेत बताएका थिए । शेयर सदस्यहरु सहकारीका मेरुडण्ढ भएको हुँदा सदस्यहरु बिच छरिएर रहेको पुँजीलाई एकत्रित गर्दै आय आर्जनको क्षेत्रलाई अगाडि बढाउन समेत सुझाव दिए । सभामा शेयर सदस्य एवं पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिका अध्यक्ष खगराज पौडेलले सहकारी भनेको सहकार्य हो जस्ले लगानिका सम्भावनाका क्षेत्रलाई खोजि गर्दै उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।
 
संस्थाका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभामा सल्लाहाकारहरु कुल बहादुर गुरुङ कुलु, लोकनाथ भण्डारी, ढिकुरपोखरी समाज पोखराका अध्यक्ष आश बहादुर गुरुङ, बाग्लुङ नगरपालीकाका कार्यकारी प्रमुख एवं शेयर सदस्य युवराज अधिकारी, लेखा समितिका संयोजक तोरण बहादुर कुँवर, शेयर सदस्यहरु मध्येबाट शारदा पौडेल, गणेश अधिकारी लगायतले आ आफ्ना धारण राखेका थिए ।
 
त्यस अवसरमा संस्थाका अध्यक्ष रामचन्द्र पौडेलको बार्षिक कार्यप्रतिवेदन, सचिव ईन्द्र पौडेलको प्रगति प्रतिवेदन र कोषाध्यक्ष गौतम पौडेलको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको थियो । सोही अवसरमा उत्कृष्ठ बचतकर्ता सम्पूर्णराज अधिकारी र उत्कृष्ठ ऋणि रुद्रनाथ पौडेल र कर्मचारी अनिल पौडेललाई प्रमुख अतिथि र संस्थाका अध्यक्ष रामचन्द्र पौडेलले संयुक्त रुपमा सम्मान गरेका थिए । सो अवसरमा गत श्रावण महिनामा नेपाल सरकारको मन्त्रि परिषदको निर्णयबाट शेयर सदस्य खगराज पौडेल पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्षमा मनोनित भएकोमा शहकारीको तर्फबाट सम्मान गरिएको थियो ।
 
कार्यक्रममा सहकारीका सात सिद्धान्तको वाचन कार्यसमिति सदस्य लक्ष्मी अधिकारीले गर्नु भएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष जुमबहादुर गुरुङ, धन्यवाद ज्ञापन लाल बहादुर कुवरले राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव ईन्द्र पौडेलले गरेका थिए ।









Post a Comment

 
Top