0
गोल्डेन न्यूज संवाददाता
सिद्धार्थ क्लब पोखराको आयोजना तथा जिल्ला कृषि बिकास कार्यालय कास्कीको समन्वयमा सराङ्गकोटका कृषकहरुको लागि उन्नत आलु उत्पादन सम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भयो । जिल्ला कृषि बिकास कार्यालयका बागबानी बिकास अधिकृत मनोहर कडेरीयाको सहजीकरण र सिद्धार्थ क्लबका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कृषि बिकास कार्यालयबाट कृषकहरुले प्राप्त गर्न सक्ने बिभिन्न सेवाहरुका बारेमा समेत जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रममा खाद्यान्न तथा तरकारीबाली, आलु खेती तथा प्रबिधि, आलुबाली लागाउने समय, माटो तथा रोग किराको उपचार तथा मलखाद ब्यवस्थापन, आलुको बीऊको छनौट तथा भण्डारणका बिषयमा सहजकर्ता कडेरीयाले सहभागीहरु माझ सहजिकरण गरेका थिए । पोखरा २६ सराङ्गकोटका कृषक समूह तथा सञ्जाल सदस्य तथा महिला अधिकार मञ्च र छलफल केन्द्रका सहभागिहरु गरी कुल ३१ जना सहभागी सो कार्यक्रममा सहभागि कृषकहरुको तर्फबाट कृषक सञ्जाल सराङ्गकोटका मित्रपणि दाहाल र लक्ष्मी पहारी लगायतका सहभागीले कार्यक्रममा सिकेका नयाँ प्रबिधि र प्रकृयालाई हालसम्म गरिआएको मौलिक प्रबिधिसंग जोड्दै ब्यावसायिक रुपमा आलु खेती गरे बढी भन्दा बढी आलु उत्पादन गर्न सकिने धारणा राख्दै कार्यक्रममा सीकेका सपलाई ब्यवहारमा उतार्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । सिद्धार्थ क्लबका सामाजिक  परिचालक रश्मी भण्डारीले सञ्चालक रहेको कार्यक्रममा क्लबका कार्यक्रम संयोजक दुर्गाप्रसाद खनालले सहभागीहरुलाई कार्यक्रमका बिषय बस्तुका बारेमा प्रष्ट पारेका थिए ।


Post a Comment

 
Top