0
गोल्डेन न्यूज संवाददाता
इभेन्ट्स फोर यु को आयोजना एबिस्स्का ईन्टरनेश्नल एजुकेसन कन्सल्टेन्सी तथा लायन्स क्लब अफ पोखरा मेट्रो सिटीको सहकार्यमा भएको मिसेस पोखरा सिजन–२ को अन्तिम प्रतिस्पर्धामा अप्सरा बस्नेतले उपाधि जितेकी छन । फास्ट रन र रश्मी गुरुङ तथा सेकेन्ड गीता गुरुङले हात पारेका छन । यस्तै मिसेस पक्चुयल बन्दना लामिछाने, बेस्ट कुक गीता गुरुङ, ह्यल्धी ह्यार उषा लामिछाने, डिसिप्लिनमा पूजा लामिछाने, बेस्ट क्याट वाक रश्मी गुरुङ र ट्यालेन्टको अवार्ड रुबी गौलीले प्राप्त गरेको सो प्रतियोगिता लायन्स क्लब अफ पोखरा मेट्रो सिटीका अध्यक्ष धर्म मान सिंह भण्डारीको सभापतित्वमा भएको थियो । प्रतियोगिता लायन्स क्लव अफ नेपालमा ३२५ बी १ का डिष्ट्रिक्ट गभर्नर ध्रुबबहादुर थापा प्रमुख अतिथि रहेका थिए ।
 
कार्यक्रममा स्वागत मन्तब्य ईभेन्ट्स  फोर यु का चियरम्यान विशाल गुरुङले गरेका थिए भने ध्वजाको अभिवादन आनन्दराज पौडेलले गरेका थिए । यस क्रममा संचारिका समूह पश्चिमाञ्चलकी अध्यक्ष जमुना बर्षा शर्मा तथा कास्की जिल्ला प्रहरी कार्यालयमा विगत २७ बर्षादेखि कार्यरत प्रहरी नायव निरीक्षक पार्वती नेपालीलाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन सुशिल नेपाली र रेखा पुरीले गरेका थिए ।

Post a Comment

 
Top