0
गोल्डेन न्यूज संवाददाता
भारतले गरेको अघोषित नाकाबन्दीका कारण देशभरको जनजीवन कष्टकर बन्दै गएको छ । इन्धन अभावका कारण नेपालीहरुको चुल्होदेखि दैनिक कामकाज समेत प्रभावित भएको छ । नेपालमा संविधान जारी संगैै  भारतले गरेको नाबान्दीले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको चरम अभाव भैरहेको छ । नाकाबन्दीले उत्पन्न इन्धन संकटबाट पर्यटकीय शहर पोखरा पनि आक्रान्त बनेको छ । दुई महिना देखि पोखरामा पेट्रोल र ग्याँस अभाव हुदाँ यहाँ संचालित सयौ होटलहरु बन्द भएका छन् । इन्धन अभावको चरम संकट हुदाँ समेत स्थानीय प्रशासनल र सम्वन्धित निकायहरु मौन बसेका छन् । नेपालमा देखिएको चरम इन्धन अभावलाई कम गर्न अर्को छिमेकी देश चीनले १३ लाख पेट्रोल सहुलियत दिएपनि पोखरेलीले त्यसको कुनै अनुुभूति गर्न पाएका छैनन् । चीनबाट र भारतबाट भित्रिएको इन्धन तथा ग्यास सवै राजधानी पठाइएको छ । तर पोखरामा आउन सकेको छैन । चीनले १३ लाख लिटर इन्धन दिंदा पनि गण्डकी र धौलागिरिमा कत्तिपनि आउन नसक्नु दुःख रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले बताए । उनले राज्य र स्थानीय प्रशासन गम्भीर नबन्दा पोखरामा चिनियाँ तेल र केही मात्रामा आएका ग्याँस बुलेट भित्रिन नसकेको बताए । पोखराको पर्यटन क्षेत्रमा ८० अर्व रुपैयाँ बढि लगानी भएको तर राज्यले उपेक्षा गरेको गरेको छ, अध्यक्ष पराजुलीले भने–‘यस्तो अवस्थामा ब्यवसाय संचालनका लागि वातावरण सृजना गर्नुपर्नेमा प्रशासन र राज्य निरिह बनेका छन् ।’ उनले ग्याँस वितरण गर्दा पनि अनियमितिता भएको दावी गरे । प्रशासनले ग्याँस वितरण गर्दा समेत ब्यवसायीलाई उपलब्ध नगराएको भन्दै असन्तुष्टि ब्यक्त गरे । ‘राज्यलाई हामीले कर तिरेका छांै तर इन्धन अभाव हुदाँ प्रशासनहामी प्रति गम्भीर भएन् ।’ उनले प्रमुख शहर अनि पर्यटकीय शहरलाई राज्यले उपेक्षा गरेको छ, यस्तो अवस्थामा कसरी व्यवसाय संचालन गर्न सकिन्छ युवा व्यवसायी महेन्द्र गुरुङले भने । गुरुङले चिनले दिएको अनुदानको पेटोल पोखरा आउन नसक्दु दुःखद् भएको बताए । उनले स्थानीय प्रशासनले पहल गर्न नसक्दा पोखरामा चरम इन्धन अभाव खेप्नु परेको बताउँदै सबै आएको इन्धन राजधानी पु¥याउनु र अन्य क्षेत्रले नपाउनु विडम्वना भएको बताए ।
 
यसैबीच नेपालमा चरम इन्धन अभाव भएपछि नेपाल भारत सीमा नाकामै कालोबजारी मौलाएको छ । मधेशी समुदायका सवारीसाधनमा भारतीय पेट्रोल पम्पबाट भरेर ल्याउने र नेपाली क्षेत्रमा ल्याएर विक्री वितरण भैरहेको दशगजा क्षेत्रमा पुगेका पोखरेली व्यवसायी महेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार पहाडिया मूलका मानिसहरुलाई भारत जान रोकिएको र मधेशी मूलका मानिसहरुका सवारी साधनमा मात्रै पेटोलियम पदार्थ दिइने गरेको छ । मधेशी मूलका ब्यक्तिका सवारीसाधनमा ल्याइएको तेल नेपाली सीमा क्षेत्रमा ल्याएर निकालेर अन्य सवारीमा हाल्ने गरिएको छ । भारतबाट आफनो सवारीमा ल्याएर महङ्गोमा विक्री भैरहेको छ । डिजेल प्रति लिटर १ सय ६० रुपैयाँ र पेटोल प्रति लिटर २ सय ५० सम्म विक्री भैरहेको छ । सफल न्यूज अनलाइनले जनाए अनुसार पेट्रोल पम्प नजिकै र नेपाली सीमामा ब्यापक तेल किनबेच भैरहेको छ । यसरी महङ्गो मूल्यमा तेल विक्री हुँदा पनि प्रशासनले केही गर्न नसक्दा कालोबजारी मौलाएको छ ।
 
यता, भारतले मधेशी समुदायलाई निर्वाध तेल दिएपनि गोरा देखिएका नेपालीलाई भारत छिर्न र तेल दिन कडाई गरेको छ । मधेश आन्दोलन अधिकार प्राप्तिको भन्दा पनि कलोबारीका लागि गरिएको छ त्यहाँ पुगेका ब्यवसायी गुरुङले बताए । ‘मधेशी जनताको दुहाई दिएका महन्त ठाकुर, राजेन्द्र महतो, उपेन्द यादब लगायतका नेताहरु भारतको पैसा खाएर नेपाल विरुद्ध परिचालित भएका भएका छन् भने आन्दोलनकारी कालोबाजारीमा लागेका छन् । आन्दोलन अधिकारका लागि हैन, कालोबजारीका लागि देखिएको छ ।’ ब्यवसायी गुरुङले भने । भारतको पैशा र तेलको कालोबजारीका लागी मधेशी नेताले आन्दोलनको नाटक गरेको देखियो उनले बताए ।

Post a Comment

 
Top