गोल्डेन न्यूज संवाददाता
पोखराको ईन्द्रचोकमा रहेको आरोग्यधाम होमियोप्याथिक हस्पिटलमा निःशुल्क मधुमेह शिविर हुने भएको छ । यहि मंसिर ५ गते शनिबार उक्त शिविर हुन लागेको हो । विश्व मधुमेह दिवसको अवसर पारि लायन्स क्लव अफ पिस चौतारीले उक्त शिविर आयोजना गरेको हो । ‘मधुमेह नियन्त्रणमा राखांै, मधुमेह भएपनि निरोगी भई बाचांै’ भन्ने मूल उद्देश्यका साथ मधुमेह सम्बन्धी नागरिकमा सचेतना बढाउन शिविर आयोजना गरिएको हो । शिविरमा मधुमेह सम्बन्धी पुस्तक तथा चिकित्सक द्वारा निःशुल्क परामर्शको व्यवस्था गरिएको बताइन्छ । मानिसको शरीरमा हुने इन्सुलिन हर्मोन उत्पादन तथा प्रयोगमा गडबढीको कारण कार्वौहाइडे«ड मेटावोलिज्ममा आएको खराबीले शरीरमा ग्लुकोजको मात्रा तल माथि हुने र शरीरको आवश्यक तह भन्दा बढि भएको अवस्थालाई मधुमेह रोग लागेको भनेर भनिन्छ । आयोजक लायन्स क्लव अफ पोखरा पिस चौतारीका निवर्तमान अध्यक्ष एवं आरोग्यधाम होमियोप्याथिक हस्पिटलका प्रवन्ध निर्देशक डा. विष्णु चापागाइँले दिएको जानकारी अनुसार मधुमेह भएपनि तुरुन्त यसको असर नदेखिने तर दीर्घकालमा मधुमेहको असरले शरीरका विभिन्न अंगहरुमा नराम्रो असर गर्ने भएकोले डायविटिज बाट बच्न अगाडिनै सचेत हुनुपर्दछ । संसारमा हाल ३० करोड भन्दा बढि मधुमेहका विरामी रहेको र विरामी अझै दिनप्रतिदिन बढिरहेको कारणले यसको न्युनिकरण र व्यवस्थापनमा सचेतना फैलाउनु पर्नेमा उनले जोड दिए । क्लवका अध्यक्ष धनन्जय पौडेलका अनुसार कार्यक्रममा निःशुल्क मधुमेह परीक्षण, सचेतना कार्यक्रम गरिने छ ।
Post a Comment