0
गोल्डेन न्यूज संवाददाता
रोटरी क्लव अफ पोखरा फिस्टेलले कास्की रुपाकोट स्थित पृथ्वी रुपा माविको भवन निर्माणका एक भव्य समारोहका बीच शिलान्यास सम्पन्न गरेको छ । गत वैशाख १२ गते गएको विनासकारी भुकम्प वाट क्षति भएको सो विद्यालयलाई रोटरी फिस्टेलले पुनर्निर्माणका लागि ७० लाख दिने भएपछि विद्यालयले नयाँ स्वरुप पाउने भएको छ ।
 
शिलान्यास समारोहलाई सम्वोधन गर्दै रोटरी क्लव ३२९२ का डाइरेक्टर केशव कुंँवरले सामाजिक क्षेत्रमा रोटरीले उल्लेख्नीय कार्य गरिरहेको गरिरहेको वताए । उनले भूकम्पवाट प्रभावित हरुका लागि अब छिट्टै नै २० करोड भन्दा वढिको लागतमा  १ हजार घर र १४० विद्यालय निर्माण् गरिने घोषणा गरे । उनले विद्यालय निर्माणका लगि व्यक्तिगत २५ हजार रुपैयाँ दिने घोषणा गर्दै पृथ्वी रुपा मावी सवै रोटरियनहरुको उपहारको रुपमा स्थापित हुने बताए । क्लवका अध्यक्ष तेज गुरुङ्गले रुपाकोट गाविसलाई रोटरी सामुदायिक ग्रामको रुपमा विकास गरिने बताए । उनले रुपकोटमा लघु वित्त, मातृत्व विकास लगायतका कार्यक्रमहरु संचालन गरि निम्न आय श्रोत भएका जनताको जीवनस्तर माथी उठाउन रोटरी फिस्टेलले थप कार्यक्रमहरु समेत संचालन गरिने जानकारी दिंदै विद्यालयको निर्माणमा एकजुट हुन सवैलाई आग्रह गरे । सोअवसरमा विद्यालयका प्रअ जगत लामिछाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भद्रवहादुर सुयँल, केशव आचार्य, विनोद कोइराला,  रमाकान्त बराल, प्रकाश वराल लगायतले वोलेका थिए । सोअवसरमा रोटरी फिस्टेलले सोहि विद्यालयमा अध्ययनरत निम्न आय भएका पाँच जना विद्यार्थीहरुलाई फिस्टेल फण्ड वाट नगद ७ हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ । यसरी छात्रवृत्ति पाउनेमा सुभेच्छा गुरुङ्ग, निशा वस्नेत क्षितिज विक, सरिता सुविदा र सूचना खडका रहेका छन । सो अवसरमा विद्यालय निर्माणका लागि पूर्व गाविस अध्यक्ष टिकाराम पगेनीले आफ्ना वुवा सोमलाल पगेनीको स्मृतिमा विद्यालय निर्माणका लागि १५ हजार प्रदान गरे । कार्यक्रममा विद्यालय निर्माणमा सहयोग पुर्याउन मेश्वर ढकालले २५ हजार राम शरण सापकोटाले २० हजार ५ सय तारानाथ आचार्यले १५ हजार र थिरवहादुर विकले ५ हजार रुपैयाँ सहयोग गरे । २०४२ सालमा निर्माण भएको उक्त विद्यालय गत वैशाख १२ गतेको भूकम्पका कारण पूर्ण रुपमा क्षति भएको थियो । दुई तलाको ६ कोठा र शौचालय सहित भवन निर्माण गर्न लागिएको क्लवका प्रोजेक्ट म्यानेजर वावुराम पाठकले वताए । उक्त विद्यालय आगामी शैक्षिक सत्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

Post a Comment

 
Top