0
गोल्डेन न्यूज संवाददाता
मंगलबार राति लेखनाथ नगरपालिका वडा नं ३ को अर्घौंचोकमा रहेको लेखनाथ टप टेलर्स्मा भएको आगलागीका कारण १२ लाख बराबरको क्षति पुगेको अनुमान गरिएको छ । रातिको समयमा विद्युत सट् भएर आगलागी हुदाँ उक्त पसलमा रहेका काचा कपाडा, सिलाई मेसिन र ग्राहकको कपडा सहित करिब १२ लाख रुपैयाँ बराबरको क्षसित भएको संचालक कमल परियारको दाबी रहेको छ । आगलागीबाट पसलका सम्पूर्ण समानहरु नष्ट भएकाले पसल संचालक परियारले  ठूलो क्षति बेहोर्नु परेको लेखनाथ अर्घौंबजार  ब्यवस्थापन समितिका अध्यक्ष शिबप्रसाद भण्डारीको भनाई रहेको छ । परियारले पसलमा आगलागी हुदाँ ६ जनाको परिवारमा आर्थिक संकट आउनुको साथै रोजीरोटीमा समेत समस्या परेको परियारकी श्रीमती मञ्जु परियारले भावविह्वल हुँुदै बताईन । चार बर्ष पहिले ब्यवसायिक रुपमा पसल संचालन गर्दै आएका परियारको पसलमा आगलागी भएर पूर्णरुपले क्षति भएपछि उनको परिवारमा आर्थिक संकट उत्पन्न भएको छ ।
 
यसैबीच लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी र लेखनाथ अर्घौंबजार ब्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद भण्डारीले प्रेस विज्ञप्ति मार्फत दुःखद र पिडादायक आगलागी घटनाले आफूहरुलाई दुखित तुल्याएको भन्दै पीडितलाई उचित क्षतिपूर्तिका लागि सम्बन्धित निकायले न्यायिक छानविन गरि सहयोग गरिदिनका आग्रह गरेका छन्।

Post a Comment

 
Top