0
गोल्डेन न्यूज संवाददाता
 नेपालीहरुको महान् चाड बडादशैको अबसरमा पोखराको प्रसिद्ध धार्मिक स्थल बिन्ध्यबासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने भएको छ । नवरान्त्रीको नौ दिन सम्म चल्ने महोत्सबको तयारी अन्तिम चरणमा पुगेको आयोजक बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले बुधवार पत्रकार सम्मेलन मार्फत जानकारी दियो । नबदुर्गा महोत्सब अन्तर्गत असोज २६ गते घटस्थापनाको दिन देखि महानवमीको दिनसम्म दैनिक भागवत कथा बाचन हुने बिन्ध्यबासिनी धार्मिक क्षेत्रविकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । महोत्सब सुरुवातको अबसरमा घटस्थापना को दिन बृहत शोभायात्रा निकालिने उनले बताए । विन्ध्यवसिनी मन्दिर परिसरबाट सुरु हुने शोभायात्रा मोहरियाटोल, भैरवटोल, भिमसेन टोल, नालाको मुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक, रामकृष्णटोल हुदै पुन मन्दिरमा पुगेर समापन हुनेछ । शोभायात्रामा नबदुर्गाको ९ रुपको झाकी , एक सय आठ कलश, बिन्ध्यबासिनी मन्दिरको झाँकी, बिभिन्न भजन समुह, जातीय भेषभूषा, सांस्कृतिक झाकीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, आमा समूह तथा धार्मिक, सामाजिक, शैक्षिक संघ–संस्थाहरुको सहभागिता रहने समितिले जनाएको छ । महोत्सवका लागि समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठको अध्यक्षमा मुल समारोह समिति गठन गरिएको छ । संस्कृतिको संरक्षण संगै धार्मिक पर्यटन प्रंबद्र्धनका लागि बिन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिले प्रत्येक बर्ष नवदूर्गा महोत्सब गर्दै आएको छ । महोत्सब अवधिभर करिब डेढ लाख दर्शनार्थी भित्र्याउने लक्ष्य राखिएको छ । ३ सय बर्षको ईतिहास बोकेको बिध्याबासिनी मन्दिरमा कास्की संगै यस आसपासका जिल्लाहरु तनहु, लमजुङ, स्याङजा ,पर्बत लगायत काठमाडौं तथा छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।

Post a Comment

 
Top