0
युवाहरुको अन्तर सम्बन्ध खेलकुद अभियान अन्तर्गत श्रृंखला यूवा क्लबको आयोजनामा दोश्रो भलाम सेभन ए साइड प्रतियोगिता हुने भएको छ । कात्र्तिक १४ गतेदेखि पोखरा–२० भलामको खेलमैदानमा हुने प्रतियोगितामा प्रथम समूहलाई ७५ हजार ५५५ रुपैयाँ, द्वितीयलाई ४५ हजार ५५५ रुपैयाँ पुरस्कार सहित आकर्षक पुरस्कार दिइने अध्यक्ष महेन्द्रराम पौडेलले बताए । २०४३ सालदेखि सामाजिक रचनात्मक क्रियाकलाप हरु गर्दै आएको श्रींखला यूवा क्लबले गएको वर्षदेखि फुटबल प्रतियोगिताको माध्यमले स्थापित ग्रामिण क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने प्रचार प्रसार संयोजक चेतबहादुर थापाले बताए । प्रतियोगिताको माध्यमले खेलकुद मैदान मर्मत सम्भार, संरक्षण, सार्वजनिक पुस्तकालयको निर्माण, यूवा जागरण सामाजिक क्रियाकलापमा सक्रिय गराउने प्रतियोगिताको उद्देश्य रहेको अध्यक्ष पौडेलले बताए ।



Post a Comment

 
Top