0
मुलुक यतिवेला राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि सत्तारुढ दल एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका पुराना एवं पाका नेता कुलबहादुर गुरुङले उम्मेदवारी मनोनयन गराएका छन् । तर व्यवस्थापिका संसदमा नेगि तयारी गरिरहेको छ । राष्ट्रपतिको निर्वाचन आज बुधबार हुँदैछ । राष्ट्रपतिका लाकपा एमालेबाट समानुपातिक सदस्यमा निर्वा्चित राज्यलक्ष्मी गोल्छा भने त्यो भन्दा पनि बढि चर्चामा पनि छिन् । केही समय पहिले भएको प्रधानमन्त्रीको निर्वाचनमा व्यवस्थापिका संसदमा उपस्थित नरहेको र संसद सदस्यले खेल्नुपर्ने भूमिका खेल्न नसकेको भन्दै एमालेले उनलाई संसदबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । पहिले गुमनाम भएकी सांसद गोल्छा एमाले स्थायी समितिको निर्णय पछि भने बढि नै चर्चामा पनि छिन । विशेषगरी सांसद सदस्यबाट हात धुनुपर्ने अवस्था आएपछि गोल्छाले एमाले नेताहरुमाथि ठूलो मात्रामा आर्थिक चलखेलको आरोप लगाएकी छिन् । उनका आरोपका कारण उनी मात्रै होइन, एमालेका शिर्ष नेताहरु पनि विवादमा तानिएका छन । प्रधानमन्त्री निर्वाचनमा मतदान नगरेको र संविधानसभा तथा संसदका कामकार्बाहीमा निष्क्रिय रहेको आरोपमा गोल्छालाई गत साता बसेको एमाले स्थायी समितिको बैठकले संसदबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । त्यसपछि गोल्छाले आफूले राजिनामा नदिने बरु प्रधानमन्त्री केपी शर्माओलीसँग सोझै कुरा गर्ने बताएर मामिलालाई संगीन मोड दिन खोजेकी थिइन् । प्रधानमन्त्रीले उनको कुरामा धेरै ध्यान नदिएपछि अहिले उनी पार्टीका अन्य वरिष्ठ नेताहरुलाई भेट्न दौडधुप गरिरहेकी छन् । तर कुनै पनि नेताले उनको विषयमा ध्यान नदिएपछि उनले सञ्चारमाध्यममार्फत् आफू सभासद बन्दा ठूलो रकम खर्च गरेको दावी एक राष्ट्रिय दैनिक पत्रिकालाई अन्र्तवार्ता दिएर र सोमवार मात्रै पत्रकार सम्मेलन गरेर गरिन् । सांसद गोल्छाले एमालेका उच्च नेताहहरुले समेत आफूबाट पैसा खाएर सभासद बनाएको आरोप लगाएकी छन् । त्यतिमात्रै होईन्, एमालेमा स्वच्छ छवि मानिएका नेताहरुको नाम पनि आर्थिक लेनदेनमा मुछेकी छन् । गोल्छाको पछिल्लो आरोपले एमालेमा लहरा तान्दा पहरा जाने अवस्था आएको छ । उनका आरोपहरुले पार्टीलाई उनीविरुद्ध कारबाहीको प्रक्रिया सुरु गर्न बाध्य बनाएको छ भने कारबाही प्रक्रिया सुरु हुनेवित्तिकै गोल्छाले आरोपितहरुको नाम सार्वजनिक गर्ने सम्भावना रहेको छ । एमालेका आधा दर्जन नेताले आफूबाट पैसा खाएको गोल्छाको आरोपले गम्भीर प्रश्न उठाएको छ । गोल्छाका दावी सत्य नै हुन् भने आधार उनले दिनसक्नुपर्छ । ठोस आधारमा मात्रै कसैप्रति आरोप लगाउने अधिकार छ उनलाई । आधारहिन तरिकाले कसैको चरित्र हत्या गर्ने र सिंगो पार्टीलाई ब्ल्याकमेल गर्ने काम उनले गर्न पाउदैनिन् । यस मामिलामा छानविन गर्नु एमालेको नैतिक कर्तब्य हो । आर्थिक चलखेलका लागि पार्टीका अध्यक्ष केपी ओली, उपाध्यक्ष विद्यादेवी भण्डारी, बरिष्ट नेता झलनाथ खनाल, माधव नेपाल, पार्टी सचिव गोकर्ण विष्ट लगायत एमालेका धेरै नेताको नाम गोल्छा मार्फत सार्वजानिक भएपछि हालसम्म एमालेले आधिकारीक धारणा सार्वजानिक भएको छैन् । त्यसको सत्य तथ्य के हो अव आमकार्यकर्ताका बीचमा मात्रै होईन्, एमालेले हरेक नागरिकले थाहा पाउने गरी सार्वजानिक गर्नुपर्छ । पारदर्शिता हरेकका लागि आवश्यक तत्व हो । अझ सरकारको नेतृत्व गरेको पार्टीका नेतामाथि नै सांसदले कुरा उठाएपछि त त्यसको छिनोफानो गर्नै पर्दछ । त्यतिमात्रै भएर पनि पुग्दैन, अब कुनै पनि बाहनामा गोल्छाविरुद्ध सुरु भएको कार्वाही प्रक्रियालाई तुरुन्त कार्यान्वयन गर्नुपर्दछ । नत्र सिंगो एमालेलाई गम्भीर नोक्सानी हुनेछ ।

Post a Comment

 
Top