0
गोल्डेन न्यूज संवाददाता
पोखरामा रहेको गण्डकी टेलिभिजनको अध्यक्षमा राजकुमार केसी चयन भएका छन् । बुधबार आयोजित एक कार्यक्रमका वीच पर्यटन व्यवसायी समेत रहेका पोखरा लेकसाइडका उनी भयन भएका हुन् । केसीले आफू दर्शकहरुको मनजित्न सफल टेलिभिजनको अध्यक्षमा चयन भएको भन्दै सबै लाई धन्यवाद दिए । उनले आफ्नो काँधमा अवसर र चुनौती दुवै रहेको बताउँदै गण्डकी टेलिभिजनलाई छिट्टै राष्ट्रिय टेलिभिजन बनाउने उद्घोष समेत गरे । केसीले सवै विचारहरुलाई साथमा लिंदै कर्मचारी, पर्यटन ब्यवसायी, सरकारी कार्यालय, गैर सकारी कार्यालयका साथै विभिन्न संघसंस्थासंग हातेमालो गर्दै अगाडि बढ्ने बताए । केसी अध्यक्षमा चयन भएपछि उनलाई स्थानीय शान्ति समिति कास्कीका संयोजक रामजी बराल जीवन, तमु मुक्तिमोर्चा केन्द्रीय अध्यक्ष बखान सिङ आभाष, गण्डकी सञ्चार गृहका कार्यकारी निर्देशक लक्ष्मण गुरुङ लगायतले सफल कार्यकालको लागि शुभकामना ब्यक्त गरेका थिए ।

Post a Comment

 
Top