गोल्डेन न्यूज संवाददाता
अमेरिकी नागरिक हर्मन सि. फिसरले पोखरा २४ को धुवारकोट प्रावि र माया उत्थान मञ्च प्रावीलाई आर्थिक सहयोग गरेका छन् । २०१२ देखि दि गोर्खाज रेञ्जरमा सेक्युरिटीहरुलाई प्रशिक्षण दिदै आएका फिसरले उक्त विद्यालयलाई १ लाख १० हजार सहयोग गरेका हुन् ।
उनले उक्त रकम गरिब बालबालिकाको शैक्षिक सामाग्री, पोशाकका लागि खर्च गर्न भनेका छन् । सहयोग रकम हस्तान्तरण गर्दै फिसरले आफु गरिब विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा खुशी भएको बताए । आगामी दिनमा पनि सहयोगको लागि सहकार्य गर्ने उनको भनाई रहेको छ । पोखराको गोर्खा रेन्जर सेक्युरीटीमा आफू आबद्ध भएको भन्दै उनले सोही संस्थाका प्रवन्ध निर्देशक महेश थापा मार्फत सहयोग गर्ने बताएका छन् । सहयोग रकम ग्रहण गर्दै माया उत्थान मञ्च धुवारकोटका अध्यक्ष थम बहादुर थापाले सहयोग रकमले गरी विद्यार्थिहरुको शैक्षिक विकासमा थप टेवा दिने विश्वास व्यक्त गरे । थोरै रकम भएपनि सहि सदुपयोग गरेर हामी विद्यार्थीहरुको शैक्षिक सामाग्री र पोशाकको लागि रकम खर्च गर्ने उनले बताइन । कार्यक्रममा दि गोर्खा रेन्जरका प्रवन्ध निर्देशक महेश थापाले फिसरले नेपालको विभिन्न ठाउँमा रहेका गरीबलाई सहयोग गर्दै आएको बताए ।धुवारकोट प्राविका सल्लाहकार निम बहादुर गुरुङले फिसरले दिएको रकम सहि ठाउँमा सदुपयोग हुने विश्वास व्यक्त गरे ।
उनले सिन्धुपाल्चोकमा केहि समय पहिला पनि फिसरले भूकम्प पीडितलाई सहयोग गरेका थिए । फिसरले धुवारकोट प्राविलाई ७५ हजार र माया उत्थान मञ्च लाई ३५ हजार रुपैयाँ सहयोग गरेका हुन् । फिसरले सहयोग गरेको २ विद्यालयमा करीब २५ जना विद्यार्थीहरु अध्ययनरत छन्
Post a Comment