0
गोल्डेन न्यूज संवाददाता
असल छिमेकी सहयोग संघ
(गोनेसा) पोखराले विद्यार्थी भर्ना सहयोग कार्यक्रम अन्तर्गत बुधबार विद्यार्थीहरुलाई पोशाक तथा भौतिक सामाग्री वितरण गरेको छ । भिष्पे इटलीको सहयोगमा छोरेपाटन उच्च मावि र जानकी निमाविका १ सय २२ जना कठित तथा विपन्न वर्गका विद्यार्थीहरुलाई स्कुल डे«स, स्वीटर, कपी कलम वितरण गरेकोे हो । कार्यक्रमका प्रमुख अतिथि भिष्पे इटलीका अध्यक्ष अगस्तीनो फेडेलीले सक्षम व्यक्ति बन्नका लागि शिक्षा आवश्यक भएको बताए । मानवका लागि पहिलो कुरा शिक्षा भएको उल्लेख गर्दै उनले अध्ययन पुरा गरे राष्ट्रको उच्च ओहदामा पुग्न सकिने बताए । आफू किसानको छोरो भएको र अहिले पनि कृषि पेशा अंगालेर छोराछोरीहरुलाई डाक्टर इन्जिनियर बनाएको जानकारी दिंदै उनले अध्ययनलाई पुरा गर्न सके गरिब तथा विपन्न वर्गका मानिस पनि उच्च जनशक्ति बन्न सक्ेन धारणा राखे । कार्यक्रममा भिष्पे इटालीका प्रतिनिधि डा.पार्लेजी सुसानेले गोनेसाका बालबालिकालाई बाल विकास केन्द्र्रदेखी नै आफूले स्वास्थउपचारको सेवा पु¥याएको जानकारी दिए । गोनेसाका अध्यक्ष मे.दिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव रामप्रसाद सुवेदीले विद्यार्थीलाई उचित शिक्षादीक्षा दिने पहिलो दायित्व अभिभावकको भएको बताए । कार्यक्रममा भिष्पे इटालीका प्रतिनिधि डा.अल्ब्रेटो आन्देवली, गोनेसाका उपाध्यक्ष सिता परियार, कार्यसमिति सदस्य किरण गौतम, कार्यक्रम संयोजक कमला रिमालले पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेका थिए ।

Post a Comment

 
Top