0
गोल्डेन न्यूज संवाददाता
गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएशनको २२ औं वार्षिकोत्सव का अवसरमा खुल्ला रक्तदान सम्पन्न गरेको छ । वार्षिक रुपमा गरिदैं आएको रक्तदान २९ जनाले रक्तदान गरेका थिए । सो कार्यक्रममा प्रमुख अतिथि मणिपाल शिक्षण अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट पिके चक्रवर्तीले ५२ औं पटक रक्तदान गर्ने जितेन्द्रमान शाक्य र ४७औं पटक रक्तदान गर्ने कृष्ण थापालाई ब्लड ब्याग हस्तान्तरण गर्दै मनिपाल शिक्षण अस्पतालले वक्स मिस्त्रीहरुको लागि स्वास्थ्य सेवा विशेष सहयोग गर्ने बताए । पोखरामा दैनिक ७० देखि ८० प्वाइन्ट रगत आवश्यक रहेको पोखरा केन्द्रबाट गण्डकी धौलागिरीका विभिन्न अस्पतालहरु मा रगत जाने हुँदा संघसंस्थाहरुले पु¥याएको योगदान महत्वपूर्ण रहेको केन्द्रका प्राविधिक माधव पोखरेलले बताए । एशोसिएशनका कार्य समिति सदस्य रतन बहादुर थापाले छोराको वार्षिक पुण्यतिथि को सन्दर्भमा सम्पूर्ण कार्यक्रम व्यवस्थापन खर्च गरेका थिए ।  एशोसिएशनका अध्यक्ष कुलबहादुर नेपालीको सभापतित्वमा भएको कार्यक्रममा अटोमेकानिक्स महासंघका उपाध्यक्ष सुवर्णमान नकर्मी, पूर्व अध्यक्ष सनत कुमार भट्टराई, पोखरा उद्योग बाणिज्य महासंघका महासचिव रविनसन प्रजू, युवा नागरिक अगुवा धिरज थापा, रेडक्रस कर्मी तथा एशोसिएशनका मानार्थ सदस्य सूर्यप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, आकस्मिक रक्तदान समूहका संयोजक हरिश्चन्द्र शर्मा, महासचिव किरण कपाली, कोषाध्यक्ष सन्तोष कुमार मिश्र, कार्यक्रम संयोजक रतन बहादुर थापाले आ–आफ्नो धारणा राखेका थिए ।

Post a Comment

 
Top