0
गोल्डेन न्यूज संवाददाता
ईनरव्हील पोखराले ज्ञानभूमि माध्यमिक विद्यालय ज्ञानमार्गमा भूकम्प प्रभावित विद्यार्थीहरूलाई स्कुल पोशाक वितरण ग¥यो । क्लबका अध्यक्ष दिव्यश्वरी बरालको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य अतिथि रचना मूले विद्यार्थीहरू हरूलाई स्कुल पोशाक वितरण गर्दै गÞरिब तथा पीडित विद्यार्थीहरू स्कूल पोशाक वितरण गरेर क्लब ले राम्रो गरेकोमा खुशि ब्यक्त गरिन् । यस्तै डिष्ट्रिक्ट सम्पादक सरसिज पालिखे क्लबको काम सह्रानीय भएको बताइन । रोटरी क्लब पोखराको अध्यक्ष ज्ञानेन्द्र प्रसाद सिग्देल ले  साथ साथ काम गर्दै जाने र आवश्यक सहयोग गरिने जानकारी गराए । गीता श्रेष्ठ को संयोजकमा सम्पन्न कार्यक्रममा सन्जुद्वाले स्वागत गरिने भने धन्यवाद अध्यक्ष दिब्येश्वरी बरालले गरेकी थिइन । कार्यक्रमको संचालन सचिव मन्जु माकाजुले गरेकी थिइन । यसैगरी यहि असोज १४ गते महेन्द्र उच्च माविमा अध्ययनरत गोरखा र धादिङका भूकम्प पीडित परिवारका विद्यार्थीहरूलाई पनि स्कुल पोशाक वितरण गरिएको थियो ।



Post a Comment

 
Top