0
गोल्डेन न्यूज संवाददाता
पोखरा रगंशालामा अन्तर्राष्ट्रिय स्तरको पौडीपोखरी निर्माणका लागि अध्ययन सुरु गरिएको छ । पोखरा रगंशालामा पौडि पोखरी निर्माणका लागि नेपालकै एक कम्पनीले इच्छा देखाएको र उसले केही दिन अधि पोखरा आएर अध्ययन गरेर फर्किएको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । उनका अनुसार करिब १० करोडको लागतमा अन्तर्राष्ट्रिय मापदण्डको पौडि पोखरी निर्माण गर्ने गरि प्रक्रिया सुरु गरिएको छ । सातांै राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पोखरामा आयोजित पौडीको क्षेत्रीय  खेलाडी छनोट कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले पोखरा रगंशालाको गुरु योजना अनुसार पौडीपोखरी निर्माणको काम अगाडि बढेको जानकारी दिए । नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले पोखरामा पौडीपोखरी निर्माणका लागि आफू सकरात्मक रहेको बताउँदै त्यसका लागि सहयोग गर्न तयार रहेको स्पष्ट पारे । उनले काठमाडांै बाहिर राष्ट्रिय खेलकुद परिषद् अन्र्तगत पौडीपोखरी नहुदाँ नियमित प्रशिक्षण गर्न कठिनाई भएको र प्रतियोगिताका लागि समेत समस्या रहेको बताए ।
 
यस्तै  सातांै राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पश्चिमाञ्चल क्षेत्रबाट पौडीका लागि १० जना खेलाडी छनोट भएका छन् । मंगलबार पोखराको तेर्सापट्टी स्थित स्वीम स्वीमिङ पुलमा भएको छनोटबाट पुरुषतर्फ म्याग्दीका निकोन पुर्जा, पर्वतका रोशन पुन, गोर्खाका शुभम श्रेष्ठ, गोर्खाकै योगेश थापा, तनहुँका ऐलेन थापा, नवलपरासीका उत्सव पाठक, कास्कीका सन्तोष गुरुङ, विकास गुरुङ विजय भुजेल र मनाङका तेन्जिङ नाम्डोलरायन गुरुङ छनोट भएका छन् । त्यस्तै महिला वर्गमा रुपन्देहीकी इभा काफ्ले, म्याग्दीकी अन्जनी शेरचन, मुस्ताङकी सामाज्ञी गौचन, गोरखाकी श्रीया ढकाल र गोरखाकै सारा ढकाल रहेका पौडि प्रशिक्षक रविन कुमार पोख्रेलले जानकारी दिए ।
 
यसैबीच सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कास्की जिल्लामा खेलाडि छनोट यहि असोज अन्तिम साता हुने भएको छ । असोज २७ देखि २९ गतेसम्म ३५ खेल मध्य ३४ खेलका लागि खेलाडि छनोट गरिने कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए । खेलाडी छनोटमा सहभागी हुन बरालले कास्कीमा रहेका विभिन्न खेलसंग आवद्ध खेलाडीहरुलाई आग्रह गरेका छन् ।

Post a Comment

 
Top