0
गोल्डेन न्यूज संवाददाता
पोखराको उत्तमचोकमा बिहीबार भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । पोखराको अमरसिंहबाट पृथ्बीचोक तर्फ आईरहेको ग१च ७७३० नम्बरको कारमा समान दिशाबाट आईरहेको ग८प १७४५ नम्बरको मोटरसाईकल ठोक्किंदा मोटरसाईकलमा सवार एक जनाको ज्यान गएको हो । दिउसो सवा एक बजे भएको दुर्घटनामा गम्भीर घाईते पोखरा १० का १८ बर्षीय पारस गुरुङको उपचारको लागि लैजादै गर्दा बाटोमै ज्यान गएको प्रहरी निरीक्षक वेद प्रकाश जोशीले जानकारी दिए । मोटरसाईकल चालक पोखरा १० का सक्षम श्रेष्ठ भने सामान्य घाईते भएका छन् । कार चालक संगम गुरुङ र मोटरसाईकल चालक श्रेष्ठ सहित दुवै सवारी नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top