0
गोल्डेन न्यूज संवाददाता
डस्ट एण्ड रक्सको आयोजनामा मिस न्यू फेस पोखरा २०१५ नामक ब्यूटी प्याजेन्टका प्रतियोगीहरुबीच ट्यालेण्ट शो सम्पन्न भएको छ । नृत्य लगायत विभिन्न थिममा सम्पन्न सो कार्यक्रममा प्रतियोगीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । ट्यालेण्ट शोका निर्णायकहरुमा डस्ट एण्ड रक्सका विकास राना, कोरीयोग्राफर अरुण गिरी, नृत्य प्रशिक्षक सुवास राई,फेशन डिजाईनर अनिता भुजेल र प्राध्यापक एवं पत्रकार दीपेन्द्र पहारी रहेका थिए । सञ्चारकर्मी रेनु थापाले सञ्चालन गरेको कार्यक्रममा प्रतियोगीहरुका अभिभावक लगायत दर्शकहरुको उपस्थिति रहेको थियो । ट्यालेण्ट शोको नतिजा भने आगामी कार्तिक १९ गते आयोजना हुने ग्राण्ड फिनालेमा सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
 
यसैबीच लेखनाथमा पहिलो पटक हुन लागेको मिस क्विन लेखनाथको सम्पूर्ण तयारी पुरा भएको आयोजक सस्था लेखनाथ मिडिया हाउसले जानकारी दिएको छ । लेखनाथ क्षेत्रमा रहेका १६ देखी २५ वर्षसम्म उमेरका युवतीहरुले भाग लिएको कार्यक्रममा १४ जना प्रतिष्पर्धी रहेका छन् । कार्तिक १६ गते पोखरा सभागृहको हलमा हुने कार्यक्रममा आम लेखनाथ वासीको भव्य सहभागीता रहने जानकारी  दिएका छन् । कार्यक्रममा लेखनाथमा प्रतिष्ठीत सस्थाहरु रोटरी क्लव अफ लेखनाथ, लेखनाथ जेसिज, रोट्याक्ट क्लव अफ लेखनाथ, रेष्टुरेन्ट तथा होटल एसोसिएसन लेखनाथ, लायन्स क्लव अफ लेखनाथ, युनिक इन्जिनीयरिङ्ग, होलीमाउण्ट स्कूल, एटुजेट फोटो लगायत रहेका छन् । कार्यक्रममा प्रथमले ५० हजार गिफ्ट र म्युजिक भिडियो, दोस्रोले नगद ३० हजार र गिफ्ट, साथै तेस्रो हुनेले नगद २० हजार र गिफ्ट पुरस्कार पाउने छन् । त्यसै गरी अन्य धेरै सव टाइटल समेत रहेको जानकारी आयोजकले दिएका छन् । 

Post a Comment

 
Top