0
गोल्डेन न्यूज संवाददाता
छैठौँ विग आईकनको बैंकिङ पार्टनरमा गरिमा विकास बैंक फाईनल भएको छ । पोखरा महेन्द्रपुलस्थित बैंकको मुख्य कार्यालयमा विहीबार विग एफएमका अध्यक्ष महेश भण्डारी र बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । गायन रियालिटि शो विग आईकनको बैंकिङ पार्टनरको रुपमा सहकार्य गर्ने निश्चित भएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले खुशि व्यक्त गरे । ‘हाम्रो लागि यो निकै खुशिको कुरा हो ।’ उनले भने–‘गायन प्रतिभाहरुको लागि नेपालकै उत्कृष्ट मञ्च विग आईकनमा हामीले व्यवसायिक सहकार्य गरेका छौँ । र, यो सहकार्यले सामाजिक उत्तरदायित्वलाई पनि देखाउँछ ।’
 
त्यस्तै विग एफएमका अध्यक्ष महेश भण्डारीले विग आईकनमा गरिमा विकास बैंकको सहकार्य हुनु निकै खुशिको कुरा भएको बताए । ‘यस्तै व्यवसायिक संघसंस्थाहरुकै सहयोगमा नै विग आईकन मुलुककै उत्कृष्ट गायन मञ्च भएको हो ।’ सहमति भैसकेपछि भण्डारीले भने–‘यस्तै व्यवसायिक सहकार्यको अपेक्षा हामीले निरन्तर पाउने आशा गर्दछौँ ।’ २०६४ सालमा स्थापना भएको गरिमा विकास बंैक राष्ट्रियस्तरको विकास बैंक हो । गत असारमा म्याग्दीको निलगीरी विकास बैंकसँग मर्ज भएपछि यसले आफ्नो कार्यक्षेत्र विस्तार गरेको हो । हाल नेपालभर बैंकको २५ वटा शाखाहरु छन् । केहि समयमै काठमाडौँमा ३ वटा शाखा संचालनमा ल्याउने तयारीमा बैंक रहेको प्रमुख कार्यकारी अधिकृत ढकालले बताए ।



Post a Comment

 
Top