गोल्डेन न्यूज संवाददाता
मंसिर दोस्रो सात पूर्वाञ्चलम आयोजना हुने सातांै राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न खेलमा सहभागी हुने खेलाडीको छनोट कास्कीका विहीबारदेखि सुरु हँुदै छ । छनोट प्रतियोगिता अन्तर्गत १२ देखि १४ गतेसम्म पोखरा रगंशालामा बक्सिङ, तेक्वान्दो, कराँते, टेबुलटेनिस, ब्याण्डमिन्टन, बास्केटबल, ह्णण्डबल र फूल कन्टूयाक कराँतले खेलको छनोट गरिने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।
छनोट अन्र्तगत कात्तिक १२ गते ब्याडमिन्टन, ह्याण्डबल १३ गते, कुलकन्टयाक कराँते १४ गते, कराँते र टेबुलटेनिस १५ गते, तेक्वान्दो १६ गते, बास्केटबल १७ गते र बक्सिङको २३ गते छनोट गरिने भएको छ । प्रमुख बरालका अनुसार फुटबल, एथलेटिक्स, भारत्तोलन, भलिबल, कवडि, उसु, जुडो, बृद्धिचाल, आइटिएफ तेक्वान्दो, सुटिङ, क्रिकेट, खो लगायतका खेलका खेलाडीहरु छनोट भैसकेका छन् । साइकिलिङ, जिम्न्याष्टिक, इस्क्वास, सेताक टाक्रो, लनटेनिस, गल्फ, ट्राथलन खेलका खेलाडीहरु सिधै प्रतियोगितामा सहभागी हुन पाउने प्रमुख बरालले जानकारी दिए । राष्ट्रिय प्रतियोगितामा सहभागी ३५ खेल मध्ये कास्कीले कुस्ती बाहेक ३४ खेलमा सहभागीता जनाउने छ । जिल्लामा छनोटमा विजेता खेलाडीले क्षेत्रीय छनोटमा सहभागीता जनाउन पाउने छन् ।
यसैबीच एशियन च्याम्पियन शिपमा सहभागिता जनाउने पोखरेली आर्चरी खेलाडीहरुको बुधबार विदाई गरिएको छ । थाईल्याण्डको बैंककमा नोभेम्बर १ देखि ९ तारिखसम्म हुने साफ च्याम्पियनसीपमा सहभागि हुन जान लागेका आर्चरीका अन्तर्राष्ट्रिय खेलाडी अशिम शेरचन र कृष्णकुमार गुरुङलाई बुधबार पोखरामा बिदाई गरिएको हो । कास्की जिल्ला आर्चरी संघ खेलाडीहरुको विदाई गरेको हो । खेलाडीहरुलाई नेपाल आर्चरी संघका केन्द्रीय अध्यक्ष हरिध्वज तुलाचन, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, क्षेत्रीय खेलकुद विकास समितिका निमित्त कार्यालय प्रमुख डिवी नेपाली, जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बराल, संघ कास्कीका अध्यक्ष बसन्त थकाली, क्षेत्रीय प्रशिक्षण प्रमुख बिद्या मर्सानीलगायतले अविर र खादा लगाइदिएर पूर्ण सफलताको कामना सहित बिदाई गरे ।
शेरचन र गुरुङसहित जितबहादुर मोक्तान, प्रेमप्रसाद पुन र एक महिला खेलाडी कृष्ण माया स्याङतेन साफ च्याम्पीयनसिपमा सहभागि हुँदैछन । विदाई कार्यक्रममा बोल्दै प्रतियोगितमा सहभागी खेलाडी असिम शेरचनले आर्चरीमा नेपालको सम्भावना राम्रो रहेको बताए । अर्का खेलाडी केके गुरुङले पनि मलेसिया पछि नेपाल आर्चरीमा बलियो रहेको दाबी गर्दै यो खेल नेपालका लागि सम्भावना भएको बताए । खेलाडीहरु शुक्रबार थाईल्याण्ड प्रस्थान गर्नेछन ।
Post a Comment