0
चीनसँग दीर्घकालीनरुपमा पेट्रोलियम पदार्थ आयात गर्न सरकारको स्वामित्व रहेको नेपाल आयल निगम र चीनको सरकारी स्वामित्वको पेट्रो चाइनाबीच बुधबार बेइजिङमा सम्झौता भएको छ । यो सम्झौतासँगै नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेशन(आइओसी)बीचको पेट्रोलियम पदार्थको एकाधिकार व्यापार तोडिएको छ भने चीनबाट इन्धन आयातको बाटो खुलेको छ । आयल निगम र पेटूो चाइनाबीच इन्धन आयात गर्ने सम्झौंता  भएको छ” चीनका लागि नेपाली राजदूत महेश मास्केले भने–“यो सम्झौंता पछि चीनबाट दीर्घकालिन रुपमा आयात गर्ने बाटो खुलेको हो । दुई देशका व्यापारीक निकायबीच भएको सम्झौतामा निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का र पेट्रो चाइनका कार्यकारी प्रमुखबीच हस्ताक्षर भएको राजदूत मास्केले जानकारी दिए । सम्झौता गर्नु अगाडिको छलफलमा दुई देशबीचको नाकालाई प्रभावकारी बनाउने र सडकलाई चौडा गर्ने विषयमा पनि छलफल भएको त्यस विषयमा चिनीया पक्ष सकारात्मक रहेको उनले जानकारी दिए । नेपालमा जारी सङ्कट समाधानका लागि चिनीया पक्षसँग नेपाल सरकारले हवाई मार्गबाट भएपनि इन्धन उपलब्ध गराउन आग्रह गरेको थियो । छलफलमा नेपाली पक्षले  चिनीया पक्षलाई अन्तर्राष्ट्रिय बजार मूल्यमा नेपालमा इन्धन पठाउन आग्रह समेत गरेको थियो । जवाफमा चिनीया पक्षले नेपाली पक्षको आवश्यकता अनुसार इन्धन उपलब्ध गराउन तयार रहेको र त्यसका लागि विभिन्न तहमा तयार गर्नुपर्ने पूर्वाधार तथा प्राविधिक संरचना बनाउँदै लैजाने आश्वासन दिएको थियो ।  सम्झौतामा नेपालमा आवश्यक पर्ने कुल आयातको एक तिहाई इन्धन चीनबाटै आयात गर्ने प्रतिवद्धता गरिएको छ भने दीर्घकालिनरुपमा इन्धनमा देखिदै आएको समस्याको विकल्पको रुपमा यस सम्झौतालाई लिइएको छ ।
 
यता, नेपाललाई चीनले दिने अनुदानको पेटूोलियम पदार्थ चीनको केन्द्रीय भण्डारबाट केरुङ आउनेक्रम अगाडि बढेको छ । पेट्रोलियम पदार्थ चिनियाँ राजमार्गबाट केरुङ आउँदै गरेको र केरुङ आइपुग्नासाथ रसुवामा खबर पठाइने चिनियाँ अधिकारीहरुले आफूलाई जानकारी दिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । प्रजिअ गेलाल तेलको अवस्थाबारे बुझ्न केरुङ पुगेका थिए । रासस



Post a Comment

 
Top